सफलताकाे कथा : सहकारी मार्फत विपन्न महिला उद्यमी
चितवन । चितवनको दक्षिण माडीका विपन्न र गरिव महिलाहरु संगठित हुँदै सहकारी नै स्थापना गरेर उद्यमी बन्न सफल भएका छन् ।
आफ्नो घरको दैनिकी चलाउन दिनभर ज्याला मजदुरी गरेर पेट पाल्ने उनीहरु अहिले तरकारी खेती र पशुपालन गरेर मनग्य आयआर्जन गरिरहेका छन् ।
यसरी उद्यमी बन्ने मध्येकै हुनुहुन्छ माडी ११ अयोध्यापुरीकी सरिता रेग्मी । विसं २०५८ सालमा उहाँ चितवनको रत्ननगर नजिकै पिठ्वाबाट १ कठ्ठा तीन धुर जग्गा बेचेरे माडी पुगेकी थिईन ।
एक कठ्ठा जग्गाले खान लाउन नपुगेपछि उनी त्यही बेचेको पैसाले माडीको एउटा कुनामा १० कठ्ठा जग्गा किनिन्। खासै उव्जनी नहुने जग्गा भएपछि उनी अर्काको घरमा भाडामा लामो समय बसिन । ज्याला मजदुरी गर्दैगर्दा गाउँमा कालिका सामुदायिक महिला विकास केन्द्रले विपन्न गाउँ छानेर महिलालाई संगठिन गर्न थाल्यो । विसं २०६४ मा केयर नेपालको समेत सहयोगमा सक्षम कार्यक्रम चलाएर केन्द्रले गाउँमा गरिव महिला छनोट गरी चेतनामूलक कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रम पछि शक्ति कार्यक्रम र पुनः सोही सक्षम परियोजनाले महिलाहरुलाई निरन्तर आयआर्जनमा लगाएपछि रेग्मीको जीवनमा आमुल परिवर्तन आएको हो ।
पहिले समूहमा सहभागी भएकी रेग्मी अहिले स्थानीय बुलबुले महिला कृषि सहकारीमा आबद्ध भएकी छिन् । उनको घरमा अहिले ७ कठ्ठामा माछा पोखरी र १२ वटा गाई छन् । छ वटाले दुध दिन्छ भने ४ वटा व्याउने छन् । यस अत्तिरिक्त ५ वटा बंगुर छन् । बाख्रा, खसी, कुखुरा पनि प्रशस्तै पालिएका छन् ।
उहाँलाई अहिले खान लगाउन कुनै समस्या छैन । अरुको जग्गा डेढ लाखमा बन्दकी राखेर आयआर्जन बढाउने काम गरिरहेको रेग्मीले बताईन । उनीले करिव १० लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेकि छिन् ।
उनलाई श्रीमान् रुद्रप्रसाद रेग्मीले भरपूर सहयोग गर्छन । अहिले घरबाट दैनिक ३५ लिटरसम्म दुध वेच्ने गरिएको रुद्रप्रसादले बताए ।
अहिले महिलाहरुले मात्रै चलाएको यहाँ ५ वटा सहकारीहरु खुलेका छन् । माडीको बुलबुले महिला कृषि सहकारी, ज्वाला महिला कृषि सहकारी, समन्वय महिला कृषि सहकारी, कर्मशील महिला कृषि सहकारी र जगतपुरको पौरखी महिला कृषि सहकारीमा गरी करिव एक ५ सय भन्दा बढी विपन्न महिला आबद्ध भएका छन् ।
यिनै सहकारीमार्फत अहिले महिलाहरु सफल उद्यमी बन्दै गएका छन् । पहिले नयाँ मान्छे आउँदा बोल्न डराउने महिलाहरु सोही कार्यक्रम मार्फत विस्तारै परिवर्तन हुँदै अहिले सफल उद्यमीसम्म बन्न पुगेको केन्द्रकी अध्यक्ष कोपिला शिवाकोटी बताउँछिन् ।
अर्का सफल उद्यमीमा पर्नुहुन्छ ज्वाला महिला कृषि सहकारी संस्थामा आबद्ध हुनुभएकी एगिन्द्र शाह पनि । उनकाे भएको खेत रीउ नदीले बगाई दियो । अहिले उहाँको जग्गा बगर बनेको छ । नजिकै माइतीले कमाउन दिएको जग्गामा अहिले सहकारी मार्फत ऋण सुविधा लिएर अर्गानिक तरकारी खेती लगाउँछिन ।
श्रीमान् सँगै उनी खेतमा काम गर्न जान्छिन् । ज्वाला महिला कृषि सहकारीकी निवर्तमान अध्यक्ष इन्द्रकुमारी विक गाउँका महिलाहरु कुखुरापालन, चटपट व्यवसाय, सिलाइकटाइ, फर्निचर, तरकारी खेती, गाईपालन लगायत क्षेत्रमा लगानी गरिरहेको बताउँछन् । यी सहकारीले बढीमा ५० हजारसम्म ऋण दिने गरेका छन् ।
विसं २०६४ देखि समूहमा संगठित भएका उनीहरुलाई २०६९ सालदेखि सहकारीमा आबद्ध गराइएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार