जनकपुरमा सहकारी बैंकको अन्तरक्रिया
जनकपुर । राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवालाई थप प्रभावकारीताका लागि सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंगको सुझाव संकलन अभियानलाई तिब्रता दिएको छ ।
बैंकमा आवद्ध सहकारी संघ संस्थाहरुको संस्थागत विकास तथा संस्थामा आवद्ध सदस्यहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणतर्फ आकर्षित गरी आयआर्जन वृृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
सहकारीमार्फत मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सुझाव लिनका लागि कार्यक्रम प्रभावकारी बनेको बैंकले जनाएको छ ।
बैंकको जनकपुर शाखाद्वारा आयोजित कार्यक्रमका सहभागीहरुले सहकारी बैंक मार्फत आम सहकारीकर्मीहरुको क्षमता तथा दक्षता अभिवृद्धिका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । वित्तिय क्षेत्रसंगै सहकारी अभियानलाई थप प्रभावकारी बनाउनका लागि देशव्यापी सञ्जाल भएको, सहकारी क्षेत्रको शसक्त संगठनका रुपमा स्थापित सहकारी बैंकको भूमिका प्रभावकारी हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सदस्य सहकारी संघ संस्थाहरु मार्फत आर्थिक विकास र सामाजिक न्यायका लागि बैंकको भूमिका प्रभावकारी बन्दै गएको बताए । बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी मार्फत गरिवी निवारणका लागि राज्यले सही नीति लिन सकेमा त्यसलाई प्रभावकारी बनाउन सहकारी बैंक अग्रमोर्चामा उभिने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार