सहकारीकाे अायाेजनामा महिला प्रजनन स्वास्थ्य शिविर
म्याग्दी । महिलाहरुको पाठेघर सम्बन्धी रोगको पहिचान र उपचार गर्ने उदेश्यका साथ म्याग्दीको दरवाङ बजारमा एक दिने प्रजनन स्वास्थ्य शिविर मंगलवार सम्पन्न भएको छ ।
धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित निलगिरि अस्पताल बागलुङ र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग तथा लायन्स क्लव अफ म्याग्दी दोभान र म्याग्दी जिल्ला अस्पतालको आयोजना एवं लायन्स क्लव अफ दरवाङको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा दरवाङ, रुम, निस्कोट, ताकम, बाबियाचौर, अर्मन, ओखरबोट, विम लगायतका गाविसका १ सय ५० भन्दा बढी पाठेघरको समस्या रहेका महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा आएका अधिकांश महिलाहरुमा पाठेघर सम्बन्धी सामान्यदेखि तत्काल शल्यक्रिया गर्नु पर्ने सम्मका समस्या देखिएको निलगिरि अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.लक्ष्मी आचार्य गौतमले जानकारी दिईन ।
४ वर्ष पहिला शल्यक्रिया गरेको भन्दै उपचारमा आएकी निस्कोट गाविसकी एक महिलाको पाठेघर अहिले पनि बाहिरै रहेको डा. गौतमले बताईन । स्वास्थ्य परिक्षण गरिएका मध्ये ४ जनाको तत्कालै शल्यक्रिया गर्नु पर्ने र अन्य केहीले थप परिक्षण गराउनु पर्ने तथा धेरैले नियमित स्वास्थ्य परिक्षण गरी औषधी सेवन गर्नु पर्ने अवस्था रहेको परिक्षणमा संलग्न डा. लक्ष्मी गौतमले बताईन शिविरमा निलगिरि अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतम लगायत निलगिरि अस्पताल बागलुङ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र म्याग्दी जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
