नेशनल नमोबुद्धको १६ औं साधारणभा सम्पन्न
काठमाडौं । नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञान बहादुर तामाङको सभापतित्वमा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सभासद् केशव प्रसाद वडालको प्रमुख आतिथ्यता रहेको थियो ।
सात वटा सहकारी एकिकरण भए पछिको यो पहिलो साधारणसभा हो । केही समय अघि नेशनल गोर्खा सेभिङ एण्ड क्रेडिक को अपरेटिभ, कोशिस बचत तथा ऋण सहकारी, गौतमबुद्ध बचत तथा ऋण सहकारी, दाल्खा चेली बचत तथा ऋण सहकारी, सुपर स्टार बचत तथा ऋण सहकारी, नमोबुद्ध बहुउद्देश्यीय सहकारी र गौल्ड क्वाईन बचत तथा ऋण सहकारी एकिकरण भई नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।
साधारण सभाले संस्थाका अध्यक्ष ज्ञान बहादुर तामाङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, कोषाध्यष चोक बहादुर मगरेको प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र गोबर्धन घलेले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्वत रुपले पारीत गरेको छ ।
२ करोड १५ लाख ९४ हजार ६ सय ७८ रुपैंया सेयर पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७१÷०७२ मा २२ करोड २१ लाख ६८ हजार ८ सय ८१ रुपैंया निक्षेप संकलन गरेको सभामा जानकारी गराईयो । सामाखुशीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको बसुन्धरा, चावाहिल, न्यूरोड र स्वयम्भूमा सेवाकेन्द्र रहेको छ ।
साधारणसभामा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक केशबहादुर उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष टेक प्रसाद चौलागाई लगायतको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
