सहकारीको ऋण तिर्न नसक्दा १४ वर्षदेखि जंगलको बास !
भारत । सहकारीको ऋण तिर्न नसक्दा एकजना मानिस १४ वर्षदेखि जंगलको बास भएका छन् ।
स्थानीय सहकारी संस्थाबाट लिएको ५० हजार ४ सय भारु ऋण तिर्न नसक्दा सहकारीले उनको २।२९ एक्कड जमिति लिलाम गरिदिएपछि उनी विगत १४ वर्षदेखि जंगलमै आफ्नो गाडीभित्र बसिरहेका छन् ।
भारतको कर्नाटक राज्यको दक्षिणाखंड जिल्लामा पर्ने सुलिया गाउँका चन्द्रशेखर गौडा नामका ती व्यक्तिले नेल्लुरु कामराजे सहकारीबाट सन् १९९९ मा कर्जा लिएका थिए । उनले उक्त कर्जा चुक्ता गर्न सकेनन् । सहकारीले सन् २००२ मा उनको कर्जा असूलीको प्रक्रिया सुरु गर्यो ।
सन् २००२ को अक्टोबरमा उनको घरजग्गा १ लाख २० हजारमा लिलाम गरिदियो । सहकारीले लिलाम गरेर उनको जग्गाबाट उनलाई पुलिस लगाएर हटाइयो र घर पनि भत्काइयो ।
सहरकारीले घरजग्गा लिलाम गरिदिएसँगै उनी केही समय आफ्नी बहिनीको घरमा बसे तर लगत्तै एउटा सेकेण्ड ह्याण्ड कार किनेर उनी बनबास हिँडेका थिए । चन्द्रशेखरले उक्त कारलाई गाउँको नजिकै रहेको जंगलको बाहिरी भागमा राखे र त्यसैलाई आफ्नो घर बनाए ।
उनी पछिल्लो १४ वर्ष सोही गाडीमा बस्दै आएका छन् । उनले जंगलमै हातले बाँसका टोकरी बुन्ने काम गर्दै आएका छन् । हरेक हप्ता आफुले बुनेका टोकरी बेच्नका लागि २१ किलोमिटर पैदल हिँडेर सुलिया बजारमा आउँछन् । उनले आफुले बुनेका टोकरीलाई प्रतिगाटा ४० भारुमा बेच्ने गरेका छन् । वनबास बसिरहेका ती मानिसको पुनर्वासका लागि सरकारी अधिकारीहरुले प्रयास सुरु गरेका छन् । – एजेन्सी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार