२१ कात्तिक २०८३, शनिवार

प्रस्तावित सहकारी ऐनमा अभियानको भावना समेटन आग्रह

२०७२ माघ २०, बुधबार
प्रस्तावित सहकारी ऐनमा अभियानको भावना समेटन आग्रह

सिमरा । जिल्ला सहकारी समन्वय सञ्जाल बाराले प्रस्तावित सहकारी ऐनमा सहकारी अभियानको माग र भावना समेटन माग गरेको छ ।

बाराको सिमरामा जिल्ला सञ्जालका संयोजक एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो । सहकारीहरुलाई निस्तेज र कमजोर बनाउने खालका प्रावधानहरु प्रस्तावित ऐनमा रहेको चर्चाले सहकारी अभियन्ताहरुको भावनामा ठेस पुगेको छ ।

नयां सहकारी ऐनको सन्दर्भमा अभियान र सरोकारवालाहरुसंग पर्याप्त छलफल र गृहकार्य गरेर अभियानको स्वामित्व स्थापित गर्न सञ्जालले जोडदार मांग गरेको छ । समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीहरुलाई करछुट तथा सहुलियतको व्यवस्था गर्न र सहकारी सुशासनका लागि अभियानलाई जिम्मेवार बनाउनसमेत राज्यसंग माग गरेको छ । सबै सहकारीहरुलाई सुशासन र अनुशासन कायम गर्न र सामुदायिक भावनाका साथ क्रियाशिल हुनसमेत वैठकले आग्रह गरेको संयोजक कृष्ण पौडेलले बताए ।

जिल्लाभरका सहकारी अभियानको कामको समिक्षा गर्दै अहिलेको बन्द हडतालको कारण सहकारीहरु समस्यामा पर्दै गएकोले यसवारे गम्भिर हुन सम्वद्ध पक्षहरुलाई वैठकले आह्वानसमेत गरेको छ ।

वैठकमा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, राष्ट्रिय सहकारी बैक सिमराका प्रमुख गोविन्द ओझालगायतको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय