सहकारी मन्त्रीमाथि नैतिकताको प्रश्न !
काठमाडौं । प्रधानमन्त्रीय पद्धति अवज्ञा गरेका कारण उपप्रधानमन्त्री समेत रहेका सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीमाथि नैतिकताको प्रश्न खडा भएको छ । सरकारले दर्ता गरेको नेपालको संविधान पहिलो संशोधन विधेयक व्यवस्थापिका संसद्को गत ९ गते शनिबार बसेको बैठकले दुई तिहाइभन्दा बढी बहुमतले पारित गर्दा उपप्रधानमन्त्री केसीले विपक्षमा मतदान गरेका थिए । शनिबार राति संसद्मा भएको मतविभाजनमा संविधान संशोधनको पक्षमा चार सय ६१ मत र विपक्षमा सात मत परेको थियो । मतदानमा कुल पाँच सय ९६ सांसद्मध्ये चार सय ६८ जनामात्र उपस्थित थिए । नेमकिपाका चार र उपप्रधानमन्त्री केसीको नेतृत्वमा रहेको राष्ट्रिय जनमोर्चाका तीन जना सांसद्ले विपक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्रीय पद्धतिमा सरकारमा रहेका उपप्रधानमन्त्री र मन्त्रीहरुले प्रधानमन्त्रीको प्रस्तावमा फरक मत राख्न पाइँदैन । यस पद्धतिमा प्रधानमन्त्रीको प्रस्तावमा फरक मत राखेपछि मन्त्री स्वतः पदमुक्त हुन्छ । तर प्रधानमन्त्री केपी ओलीले ११ दिन बितिसक्दा पनि उपप्रधानमन्त्री केसीसँग यस विषयमा स्पष्टीकरण समेत सोध्नसकेका छैनन् । स्वयम् उपप्रधानमन्त्री केसीचाहिँ जनताको ध्यान अन्यत्र मोड्न प्रस्तावित सहकारी ऐनबारे ‘अन्टसन्ट’ बोलेर क्रान्तिकारी बन्ने प्रयास गरिरहेका छन् । प्रस्तावित सहकारी ऐनलाई दलीय सहमति लिएर प्रस्तुत गर्न संसदीय समितिहरुले उपप्रधानमन्त्री केसीलाई निर्देशन दिइसकेका छन् । तर उनी त्यसका विपरीत आफूखुसी अघि बढिरहेका छन् । प्रधानमन्त्रीय पद्धतिविपरीत सरकारको प्रस्तावको विपक्षमा मतदान गरेर आफूमाथि नैतिकताको प्रश्न आफँै खडा गरेका उपप्रधानमन्त्री केसीले त्यसबाट उम्किन र जनताको ध्यान अन्यत्र मोड्न सहकारी ऐनको क्रान्तिकारी कुरा गरेर भ्रान्ति सिर्जना गरेका हुन् ।
६०१ सदस्यीय व्यवस्थापिका संसद्मा उपप्रधानमन्त्री केसीको दल राष्ट्रिय जनमोर्चाको जम्मा तीन सदस्य छन् । तीन सिटे उपप्रधानमन्त्रीले अरु सबै दलका प्रस्तावलाई लत्याएर ऐन प्रस्ताव गर्नु क्रान्तिको नाममा भ्रान्तिको खेती गर्नुबाहेक केही होइन । त्यही क्रान्तिलाई बढाइचढाइ गर्न उनले मोबाइल टोली नै खटाएको समाचार समेत प्रकाशनमा आएको अाजकाे अार्थिक दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
