२१ कात्तिक २०८३, शनिवार

सहकारीको लेखापरीक्षण प्रतिवेदनमा झुठा विवरण उल्लेख गर्ने लेखापरीक्षक कारबाहीमा

२०७२ माघ २०, बुधबार
सहकारीको लेखापरीक्षण प्रतिवेदनमा झुठा विवरण उल्लेख गर्ने लेखापरीक्षक कारबाहीमा

काठमाडौं । सहकारीको लेखापरीक्षण गर्न नियुक्ति पाएको लेखापरीक्षकले बदनियत वा कुनै प्रलोभनले लेखापरीक्षण प्रतिवेदनमा झुठा विवरण उल्लेख गरेमा कारबाही हुने भएको छ ।

सरकारले ल्याउन लागेको नयाँ सहकारी ऐनमा सहकारी संस्था, संघ वा बैङ्कको लेखापरीक्षण गर्न नियुक्ति पाएको लेखापरीक्षकले झुठा विवरण उल्लेख गरेको पाईएमा रजिष्ट्रार वा कार्यालय प्रमुखले लेखापरीक्षण प्रतिवेदनमा झुठा विवरण उल्लेख गरेको प्रमाण सहित प्रचलित कानून बमोजिम सजाय गर्न सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था छ ।

यसरी जाँचबुझ गरी सजाय गर्नु पर्ने देखिएमा प्रचलित कानून बमोजिम सजाय गरी र सजाय गर्नु पर्ने नभए सो व्यहोरा उल्लेख गरी रजिष्ट्रार वा कार्यालय प्रमुखलाई जानकारी दिनु पर्ने व्यवस्था नयाँ ऐनको मस्यौदामा रहेको छ ।

अभिलेख

लोकप्रिय