२१ कात्तिक २०८३, शनिवार

आदर्श सहकारीद्वारा सहयोग हस्तान्तरण

२०७२ माघ १८, सोमबार
आदर्श सहकारीद्वारा सहयोग हस्तान्तरण

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले संस्थाका शेयर सदस्य देवी कार्की खड्काका ससुराको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

सहकारीले सिगाना–५ कोरिखोलामा नै गएर श्रद्धाञ्जली अपर्ण गरेको हो । देवबहादुर खड्काको ६९ वर्षको उमेरमा निधन भएको नवौ दिनको तिथीमा संस्थाले श्रद्धाञ्जली अर्पण गरेको हो ।

सहकारीले प्रत्येक दिन आफ्ना शेयर सदस्यहरुबाट एक रुपैँयाका दरले संकलन गरी शेयर सदस्यको निधन हुँदा १५ हजार र शेयर सदस्यका आफन्तको निधन हुँदा ५ हजार रुपैँया दिदैँ आएको छ । श्रद्धाञ्जली सभामा सहकारीका उपाध्यक्ष अञ्जु जिसीले शेयर सदस्य देवी कार्की खड्कालाई नगद ५ हजार रुपैँया हस्तान्तरण गरिन ।

अभिलेख

लोकप्रिय