२१ कात्तिक २०८३, शनिवार

जेष्ठ नागरिकलाई आदर्श सहकारीको श्रद्धाञ्जली

२०७२ माघ १७, आईतवार
जेष्ठ नागरिकलाई आदर्श सहकारीको श्रद्धाञ्जली

बागलुङ । जेष्ठ नागरिक चन्द्रकला खत्रीको निधनप्रति आदर्श सञ्चार सहकारी संस्था बागलुङले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संस्थाका पदाधिकारीहरुको एक टोली बानपा–५ खहरे स्थित स्वर्गीय चन्द्रकला खत्रीको घरमै गएर शुक्रवार श्रद्धाञ्जली अर्पण गरेको हो । संस्थाका शेयर सदस्य तुलबहादुर खत्रीका आमा चन्द्रकला खत्रीको १ सय ५ बर्षको उमेरमा माघ ८ गते निधन भएको थियो ।

संस्थाले प्रत्येक दिन आफ्ना शेयर सदस्यहरुबाट एक रुपैँयाका दरले संकलन गरी शेयर सदस्यको निधन हुँदा १५ हजार र शेयर सदस्यका आफन्तको निधन हुँदा ५ हजार रुपैँया दिदैँ आएको छ । सामाजिक सुरक्षा तथा दैवी प्रकोप उद्धारकोष मार्फत सदस्य र परिवारको निधनमा सहयोग गर्नुक साथै दैवी विपत्तीमा सहयोग पु¥याइदै आएको संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिए ।

श्रद्धाञ्जली सभामा सहकारीका उपाध्यक्ष अञ्जु जिसीले शेयर सदस्यका छोरा बाबुराम खत्रीलाई नगद ५ हजार रुपैँया हस्तान्तरण गरिन ।

अभिलेख

लोकप्रिय