२१ कात्तिक २०८३, शनिवार

ऐनको प्रस्तावनामै सहकारी अभियानको आपत्ति

२०७२ माघ १५, शुक्रबार
ऐनको प्रस्तावनामै सहकारी अभियानको आपत्ति

काठमाडौं । सहकारी ऐन २०७२ को प्रस्तावनामै सहकारी अभियानले विरोध जनाएका छन् ।

सहकारी ऐनको प्रस्तावनामा नियमन शब्द राखिएपछि सहकारी अभियानले विरोध जनाएको हो । ऐनको मस्यौदाको प्रस्तावनामै नियमन शब्द राखिएको राष्ट्रिय सहकारी संघका संचालक माधव दुलालले आपत्ति जनाए ।

‘नियमनको अर्थ अधिनमा राख्नु, नियन्त्रण गर्नु, संकुचन गर्नु, दमन गर्नु हुन्छ’, दुलालले भने, ‘यसलाई हटाउन हामीले जोडदार माग गरेका छौं । प्रस्तावनैबाट थाहा हुन्छ, सहकारीलाई नियन्त्रण गर्ने खालको ऐन आउँदै छ ।’

हालको सहकारी ऐन २०४८ को प्रस्तावनामा नियमन भन्ने शब्द छैन ।

अभिलेख

लोकप्रिय