२१ कात्तिक २०८३, शनिवार

नयाँ ऐनका बारेमा साझा धारणा बनाउँदै सहकारी संघ

२०७२ माघ ८, शुक्रबार
नयाँ ऐनका बारेमा साझा धारणा बनाउँदै सहकारी संघ

काठमाडौं । जिल्ला सहकारी संघ ललितपुर, काठमाडौं र भक्तपुरले नयाँ सहकारी ऐनको बारेमा छलफल गर्ने भएका छन् । नयाँ ऐनका बारेमा तीन जिल्ला संघका सहकारीकर्मीहरु अाज छलफल गरी साझा धारणा बनाउन लागिएकाे हाे ।

नयाँ सहकारी ऐनका राम्रा पक्ष, सहकारीको विकासका लागि अवरोध हुने व्यवस्थाहरु, थप गर्नुपर्ने व्यवस्था, विवादित विषयहरुका बारेमा छलफल गरी साझा साधणा बनाउन लागिएको जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले सहकारीखबरलाई बताए ।

‘सबै सहकारीकर्मीहरुलाई नयाँ ऐनमा रहेको व्यवस्थाहरु बारे जानकार छैनन् ‘ दुलालले भने, ‘ साेही कारण सबै सहकारीकर्मीहरु बीच छलफल गर्न लागेका हाैं ।’ एेनकाे मस्याैदामा सहकारी अभियानलाइ खुम्चाउने व्यव्स्था रहेकाे उनले बताए ।

अभिलेख

लोकप्रिय