२१ कात्तिक २०८३, शनिवार

कालोबजारी रोक्न सांसदहरुको माग

२०७२ माघ ८, शुक्रबार
कालोबजारी रोक्न सांसदहरुको माग

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा भाग लिने चार सांसदले मुलुक विभिन्न स्थानमा घटेका घटना र निर्वाचन क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

सांसद चुडामणि जङ्गलीले मोरङको रङ्गेलीमा बिहीबार घटेको घटनाको निन्दा गर्नुभयो र कालोबजारी नियन्त्रणका लागि सरकारको ध्यान आकृष्ट गराए । सांसद जयन्ती राईले भूकम्प र नाकाबन्दीका कारण कष्टकर जीवनयापन गर्न बाध्य जनता कालोबजारीबाट थप अप्ठेरोमा परेको बताए ।
सांसदद्वय जीवनप्रभा घिमिरे र तुलसा रानाले मुलुकमा मापदण्ड विपरीत चलाइरहेका एम्बुलेन्स सञ्चालनमा अनुगमन गर्न तथा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

अभिलेख

लोकप्रिय