२१ कात्तिक २०८३, शनिवार

२ दिने कर्मचारी क्षमता अभिवृद्धी तथा उत्प्रेरणा तालिम समापन

२०७२ माघ ६, बुधबार
२ दिने कर्मचारी क्षमता अभिवृद्धी तथा उत्प्रेरणा तालिम समापन

बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि। बागलुङको आयोजनामा “हाम्रो प्रतिवद्धता, सहकारीमा व्यवसायीकता” भन्ने मूल नाराका साथ बागलुङमा क्रियाशिल सहकारी संस्थाका कर्मचारीहरुका लागि २ दिने क्षमता अभिवृद्धि तथा उत्प्रेरणा तालिमकोे मङगलवार समापन भएको छ ।

संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी सिवाईसी साकोसका सल्लाहाकार, सहकारीकर्मी देववहादुर श्रेष्ठले सहकारी भनेको व्यवसाय भएकाले यसमा काम गर्ने कर्मचारीहरु दक्ष र व्यवसायीक हुनुपर्ने कुरामा जोड दिए । श्रेष्ठले सहभागिहरुलाई तालिमवाट सिकेका कुराहरुलाई आफ्नो संस्थामा लागु गर्न अनुरोध समेत गरे । कार्यक्रममा सम्पूर्ण सहभागिहरुको तर्फवाट बलेवा एकता साकोसका प्रमिला रोका गौतमले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थाको साख र गरीमा वृद्घिमा कर्मचारीहरुलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियूक्त सेवा सञ्चालनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिम कार्यक्रममा १८ वटा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सहजिकरण वावुराम न्यौपानेले गरेका थिए ।

अभिलेख

लोकप्रिय