२१ कात्तिक २०८३, शनिवार

सहकारी एेन अन्तिम चरणमा, के छ नयाँ एेनमा ?

२०७२ माघ ६, बुधबार
सहकारी एेन अन्तिम चरणमा, के छ नयाँ एेनमा ?

काठमाडौं । नयाँ सहकारी ऐन अन्तिम चरणमा पुगेको छ । केही समय अघि सहकारी तथा गरीबी निवारण मन्त्रालयले एेनकाे मस्याैदा कानुन मन्त्रालय पठाएको थियाे । कानुन मन्त्रालयले पनि काम सकाएको छ ।

ऐनलाई क्याविनेट लैजाने तयारी भईरहेको छ । मंगलबार व्यवस्थापिक संसदको अर्थ समितिमा ऐनका विषमा समेत छलफल भएको थियो । समितिले सहकारीका सरोकारवलाहरुसंग छलफल गरेर मात्रै सहकारी ऐन पारित गराउने गृहकार्यमा लाग्न सरकारलाई निर्देशन दिएको छ । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी, सहकारी मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र सहकारी अभियान्ता लगायतसंग छलफल गरि समितिले सबैको भावना समेटने हिसाबले ऐन तयार गरि समस्या हल गर्न निर्देशन दिएको हो ।

के-के छ नयाँ एेनमा ?

– ७ वर्षसम्म कैद तथा बिगो बमोजिमको जरिवाना गर्ने ।
– कम्पनीको सेयरमा लगानी गर्न रोक लगाउने
– ऋण लिने सदस्यले १ः१० को रेसियोमा लगानी गर्नुपर्ने ।
– सहकारीका संचालक प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने ।
– प्रमुख कार्यकारी अधिकृतको समय अवधि निर्धारण गरिने ।
– सेवा क्षेत्रबाहेक अन्य प्रयोजनका लागि खोलिएका सहकारीहरुले एक जिल्लामा मात्रै कारोबार गर्नुपर्ने

– एक व्यक्तिले विभिन्न खालका सहकारीसंग कारोबार गर्न नपाउने

– एक व्यक्ति धेरै सहकारी सस्थाको सञ्चालक हुन नपाउने ।
– बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो मूख्य कारोबारको बारेमा खुलाएर नाम राख्नुपर्ने ।
– समस्याग्रस्त भएका सहकारीको व्यवस्थापनको जिम्मा लिनको लागि छुट्टै न्यायीक निकायको गठन गर्ने ।

अभिलेख

लोकप्रिय