२ दिने कर्मचारी क्षमता अभिवृद्धी तथा उत्प्रेरणा तालिम समापन
बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि। बागलुङको आयोजनामा “हाम्रो प्रतिवद्धता, सहकारीमा व्यवसायीकता” भन्ने मूल नाराका साथ बागलुङमा क्रियाशिल सहकारी संस्थाका कर्मचारीहरुका लागि २ दिने क्षमता अभिवृद्धि तथा उत्प्रेरणा तालिमकोे मङगलवार समापन भएको छ ।
संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी सिवाईसी साकोसका सल्लाहाकार, सहकारीकर्मी देववहादुर श्रेष्ठले सहकारी भनेको व्यवसाय भएकाले यसमा काम गर्ने कर्मचारीहरु दक्ष र व्यवसायीक हुनुपर्ने कुरामा जोड दिए । श्रेष्ठले सहभागिहरुलाई तालिमवाट सिकेका कुराहरुलाई आफ्नो संस्थामा लागु गर्न अनुरोध समेत गरे । कार्यक्रममा सम्पूर्ण सहभागिहरुको तर्फवाट बलेवा एकता साकोसका प्रमिला रोका गौतमले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थाको साख र गरीमा वृद्घिमा कर्मचारीहरुलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियूक्त सेवा सञ्चालनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिम कार्यक्रममा १८ वटा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको सहजिकरण वावुराम न्यौपानेले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
