२१ कात्तिक २०८३, शनिवार

हुकुम प्रमाङगीबाट ऐन ल्याउन खोजेको होइन, मलाई किन दबाब : मन्त्री केसी

२०७२ माघ ५, मङ्गलबार
हुकुम प्रमाङगीबाट ऐन ल्याउन खोजेको होइन, मलाई किन दबाब : मन्त्री केसी

काठमाडाैं । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले गतिलो सहकारी ऐन नभएका कारण अहिले सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन ।

अर्थ समितिको छलफलमा बोल्दै मन्त्री केसीले ग्रामिण क्षेत्रका सहकारी भन्दा पनि सहरी क्षेत्रका सहकारीमा ठगी बढेकाले वित्तिय सहकारीको सहि हिसाबले ब्यवस्थापन गर्न जरुरी रहेको उनको भनाई छ । “मन्त्रालयमा आए देखि मैले सहकारी क्षेत्रबाट ठगिएकाहरुको मात्र भिड बढेको छ ”–मन्त्री केसीले भने । सहकारीको मुल्य मान्यतामा केन्द्रित रहेर ऐन ल्याउन प्रतिबद्ध रहेको उनले जानकारी दिए । सहकारी आन्दोलनका अभियानताले एकलौटी ढंगबाट मन्त्रालयले ऐन ल्याउने तयारी गरेको भन्ने आरोप गलत भएको जिकिर गर्दै  पटक पटक छलफल गरेर ऐनको मस्यौदा तयार पारिएको केसीको भनाई ।

सहकारी समाजवादी अर्थतन्त्रको आधार भएकोले यसलाई सहकारीकै सिद्धान्त र मान्यताका आधार देशभर पुर्याउनुपर्ने उनको भनाई छ ।  आफ्नो चाहना पनि उच्च वर्गका लागि सहकारी नहोस भन्ने हो भन्दै केसीले आफूले हुकुम प्रमाङगीबाट ऐन ल्याउन खोजेको होइन, मलाई किन दबाब ? भनी प्रति प्रश्न गरे । बर्षौसम्म सहकारी ऐन संशोधन हुन नदिइनुमा रहस्य रहेको उनले तर्क गरे । छलफल पछि जवाफ दिदै मन्त्री केसीले भने– सिमित व्यक्ति र संस्थाको स्वार्थ नमिलेका कारण सहकारी ऐन पारित गर्न नदिने चलखेल भएको छसहकारीलाई ब्यवस्थित गर्न सरकार तयार रहेकाले यो अभियनमा सबैंको हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव शंकर अधिकारीले राष्ट्रिय सहकारी विकास बोर्डको सुझावअनुसार नै ऐन संशोधन अधि बढाइएको दावी गर्छन ।

सहकारी क्षेत्रको स्वस्थ र सन्तुलित विकास गर्नेगरी संशोधन अघि बढाइएको उनको तर्क छ । सचिव अधिकारी सहकारी संस्था निजी कम्पनी जस्तो नभएको बताउदै आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक हितका लाग्नु पर्ने बताए । सहकारी संस्थाले शाखा विस्तार गर्ने, नाफा वितरण गर्ने काम गर्न हुँदैैन ।  उनले सहकारी संस्थाहरु व्यवसायिक  बनाउने तर्फ सरकारको ध्यान केन्द्रित भएको बताए ।

अभिलेख

लोकप्रिय