'सहकारीमा एकलौटी प्रवृति देखिएको छ'

नेशनल को-अपरेटर्स एलाईन्स प्रजातान्त्रिक समाजबादमा विश्वास राख्ने सहकारीकर्मीहरूको साझा संगठन हो । नेपालको सहकारी आन्दोलनका अग्रज दिपक प्रकाश बाँस्कोटाको अगुवाईमा एलाईन्स स्थापना भएको हो । सहकारी ऐन बनाउने एउटा महत्वपूर्ण खम्बा र अगुवा बाँस्कोटा हुन् । उहाँको अगुवाईमा शुरु भएको हो नेपालको सहकारी आन्दोलन । सहकारी विकास बोर्डको संस्थापक कार्यकारी अध्यक्ष, सहकारी संघको पनि अध्यक्ष हुनुहुन्थ्याे । सहकारीमा राजनीति गर्न हुँदैन भन्ने व्यक्ति बाँस्कोटा थिए । संघको अध्यक्ष हुँदा र अहिले पनि सबै मिलेर जानु पर्छ भन्ने पक्षमा उहाँ हुनुहुन्छ । यही कुरामा सबैलाई उहाँले प्रशय गर्नुभयो । सबै पार्टीका मानिसलाई मिलाएर लैजान पर्छ भन्ने सोच उहाँले राख्नुभयो ।
संघमा केशव वडाललाई पनि ल्याएर सल्लाहकार बनाउनुभयो । बाँस्कोटाकै प्रस्तावमा केशव बडाल अध्यक्ष पनि भए । वडाल संघको अध्यक्ष भैसकेपछि राजनीति करण शुरु भयो । बाँस्कोटा हुँदा फिटिक्कै राजनीति घुसेको थिएन । सबै मिलेर जानु पर्छ भन्ने बाँस्कोटाको कन्सेप्ट थियो । बडाल आएपछि एमाले लाई मात्र प्रोत्साहित गर्न थाल्नुभयो । उहाँले सबैलाई सोध्न थाल्नु भयो, तपाई कुन पार्टीको मान्छे ? संघका प्रतिनिधिहरु, जिल्लाका अध्यक्षहरु सबैलाई पार्टीको कुरा गर्न थाल्लनु भयो । उहाँले एमाले बन्नुस् तपाईलाई यो ठाउँमा पुर्याईदिन्छु भन्न थाल्नु भयो । सबै तिर उहाँले एमालेको मात्र प्यानल आउनु पर्छ है भनेर कार्यकर्ता तथा सहकारीकर्मीलाई निर्देशन दिन थाल्नु भयो । त्यसपछि एमालेका कार्यकर्ता जता पनि एकलौटि ढंगले खट्न थाले । झोलामा भएका संघलाई पनि सदस्यता दिइयो । संघ खोलेरै भएपनि अनि बहुमत ल्याउने काम गर्नुभयो । सबै तिर एकलौटी ढंगले चल्न खोजी सकेपछि यसलाई त्यसरी छोड्न हुँदैन भन्ने पक्षमा हामी लाग्यौं । सशक्त रुपमा एकिकृत हुनु पर्यो भनेर सबैमा सर सल्लाह गर्र्यौ । हामीले पार्टीका नेतालाई भेट्दा पनि उनीहरुले सहकारीमा राजनीति गर्न हुँदैन मात्रै भन्नुभयो । हाम्रो कुरा सुन्नु भएन । सहकारी त काँग्रेसकै त हो नि ? कांग्रेसले ल्याएको अवधारणा हो । सबैलाई मिलाएर लैजानु पर्छ भनेर मात्र भन्नु भयो । सहकारी विपि कोइरालाले ल्याएको अवधारणा हो । सबैलाई मिलाएर लैजानु पर्छ भन्ने कुरा आयो । पार्टीका नेताले यति भनिसकेपछि सबैलाई समेट्ने फोरमको महशुस गर्र्यौ ।
त्यसपछि नेशनल को-अपरेटर्स एलाईन्स जन्माएका हौं । विभिन्न संघहरुमा राजनीति गर्नबाट रोक्नु पर्छ र सबै ठाँउहरुमा प्रजातन्त्र वादीको पनि वर्चस्व कायम गर्नुपर्छ र सबै एकै ठाउँमा हुनु पर्छ भनेर एलईन्सको स्थापना गरेका हौं ।
हाल यसको संगठन विस्तार हुँदै गएको छ । उनीहरु संग डाइलग गर्न पनि सजिलो भएको छ । अहिले केही विषयमा वार्ता गर्नु पर्यो भनेपनि एलायईन्स संग गर्नुपर्छ । कहि कतै प्रतिनिधि पठाउनु पर्यो भने पनि एलायन्सले पठाउने हो । अहिले संघमा ओमदेवी मल्ल लगायतका केही नेतालाई पनि एलाईन्सले नै पठाएको हो ।
हामीले आफ्नै तरिकाले अगाडी बढाउन खोजि रहेका छौं । यो डेमोक्रेट अर्गनाइजेशन हो । हाल ४६ जिल्लामा शाखा विस्तार भएको छ । जिल्लाका हरेक क्षेत्रमा क्षेत्रिय समिति पनि गठन भएका छन् । एलाईन्समा सदस्य बन्न सहकारी संघ संस्थाको पदाधिकारी भएको व्यक्ति मात्र हुन पाउँछ । सदस्यता निकै बृद्धि भईरहेको छ । केही समय अघि मात्र केन्द्रीय महाधिवेश गर्र्यौ । सबैलाई संगठित गराउने र संगठित गराईसकेपछि यसैको माध्यमले सहकारीको बारेमा कहाँ के अप्ठ्यारो छ ति कुराहरुको लवि गर्ने हाम्रो काम हुनेछ । कहाँ के समस्या छ, त्यसको समाधानका लागि हामी लवि गर्छौ । ऐन, नियमावली, मापदण्डका बारेमा एलाईन्सले आवाज उठाउँदै आएको छ । कांग्रेसका नजिक भएका व्यक्तिहरुले यसको सदस्यता लिएका छन् । जिल्ला जिल्लामा त प्रजातन्त्र वादी साथीहरुले पनि सदस्यता लिएका छन् । संगठनलाई बलीयो बनाउन लागि रहेका छौं । ७५ वटै जिल्लामा संगठन बनाउने अभियानमा छौं । २।३ वटा जिल्लामा खासै सहकारीको उपस्थिति छैन । ति जिल्लामा विस्तारै संगठन विस्तार हुन्छ ।
एलाईन्स सहकारीको क्षेत्रमा क्रियाशिल संगठन हो । यो भित्र डेमेक्रेट साथीहरु होलान् । सहकारी क्षेत्रमा परेको हरेक समस्यालाई समाधान गर्ने, त्यसको लवि गर्ने हो । संघहरु एकलौटि हिसाबले हिडेको र हाम्रा साथीलाई मर्का परेका कारण यसमा एकजुट भएका हौं । एकजुट भएपछि साथीहरु उत्साहित भएका छन् । जहाँ सुकै राम्रा व्यक्ति, राम्रा संस्था चलाएका व्यक्ति डेमोक्रेटनै हुन् । सहकारीको गतिलो फोरमाको रुपमा एलाईन्स विकास हुन्छ । एलायन्सको काम लवि र एडभोकेट मात्र नभई शिक्षा, तालिम दिने पनि काम गर्छ । सबै संग समन्वय गरेर गोष्ठि, सेमिनार गर्छ । एलाईन्स नेपाली कांग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहने छ । शुभेच्छुक संस्थामा पार्टीले हस्तक्षेप गर्न मिल्दैन र काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले त्यो गर्दा पनि गर्दैन । शुभेच्छुक संस्थाको रूपमा रहँदा पार्टीले हाम्रो सुझावलाई आधिकारिकता दिन्छ, नरहँदा त्यो नहुन पनि सक्छ । सहकारीको पार्टीको प्रत्यक्ष प्रभाव पर्न सक्छ जसरी हामीले अन्य पार्टीको प्रभाव सहकारीमा देखि राखेका छौँ । तसर्थ पनि हामी नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्थाका रूपमा रहेर सहकारीका विषयमा नेपाली काँग्रेसले सहकारीका विकासका लागि अझ बढि चासो देओस् भन्ने चाहन्छौँ ।
एलाईन्स अघि बढ्दा काेही कसैलाई घाटा पर्दैन । सबैलाई फाइदा पुग्छ । हामी एकलौटी गर्दैनौ । सबैलाई समेटेर लैजान तयार छौं । सहकारीका पहुँच विस्तार, अन्तराष्टिय स्तरमा समेत सहकारीलाई स्थापित गराउने यसले काम गर्छ । सहकारी नजानेर समस्यामा पारेका छन् । तिनिहरुलाई सही निर्देशन पनि हामी दिन्छौं । सहकारी पनि सफल रुपमा संचालन गर्न सक्नु पर्छ । संस्थालाई व्यवसायी रुपमा चलाउनु पर्छ भनेर हामी लागेका छौं । सहकारी संस्थामा हामी राजनीति छिर्न दिदैनौं । कुनै एक पार्टीको सुभेच्छुक संस्था भएपनि सहकारी संघहरुमा देखिएको राजनीतिलाई चिर्नको लागि एलाईन्स स्थापना भएको हो । सहकारी आन्दोलनलाई बलीयो बनाउने पर्छ भन्ने हाम्रो उद्देश्य हो । सबै मिलेर जान सके मात्र सहकारी आन्दोलन बलीयो हुन्छ ।
हाल सहकारीमा एकलौटी प्रवृति देखिएको छ । त्यसलाई चिरेर अघि बढेमात्र सहकारी अभियानले गति लिन्छ । उहाँहरु आउनु हुन्छ, भने एलाईन्सको तर्फबाट वार्ता र सहमती गर्न तयार छौं । यो संगठन भित्र कसैले नराम्रो काम गर्नु हुँदैन । हरेक संघ/संस्थाहरु नीति र विधि संवत हिसाबले अघि बढ्नु पर्छ । ऐन, नियम अनुसार चल्लनु पर्छ । पारदर्शी हुनुपर्छ । संस्थाहरु राम्रो संग चल्नु पर्छ । यसमा आवद्ध भएका साथीहरुको संस्था राम्रो छ भनेर देखाउनु पनि पर्छ । यही अनुरुप हामीले संस्थालाई निर्देशन पनि दिएका छौं । राज्यलाई कर तिर्ने देखि लिएर नीति नियमले तोकेका काम सबै गर्नुपर्छ । जब राज्यबाट कानुन बनेर आइसकेपछि कानुन मान्दिन भन्नु मिल्दैन । भोली कानुन संशोधन गरौंला । यस विषयमा एलाईन्सले आवाज उठाउने छ । यसैकाे लागि हाे एलाईन्स ।
(सहकारीखबर डटकमका कार्यकारी सम्पादक काजी श्रेष्ठ संगको कुराकानीमा आधारित)
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार