२१ कात्तिक २०८३, शनिवार

साझा पेट्रोल पम्पमा आगलागी

२०७२ माघ ५, मङ्गलबार
साझा पेट्रोल पम्पमा आगलागी

भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित साझा पेट्रोल पम्पको नाममा सञ्चालित मध्यपुर फ्युल सेन्टरमा अकस्मात् आगलागी भएको छ ।
आज साँझ ७ः१५ मिनेटमा फ्युल सेन्टरमा आएको पेट्रोल झार्ने क्रममा अचानक पम्पमा आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
आगलागी भएलगत्तै पेट्रोल ट्र्याङ्करलाई तत्काल सुरक्षित स्थानमा पठाएर इन्धन भर्न लाइनमा रहेका सवारीसाधनलाई समेत प्रहरीले सुरक्षित स्थानमा पठाएको उनले बताए ।
“ट्र्याङ्करबाट पेट्रोल झार्ने क्रममा अचानक आगलागी भयो, ट्याङ्कर र अन्य सवारीसाधनलाई तत्कालै सुरक्षित स्थानमा लगियो, तुरुन्तै दमकल आइपुगेकाले प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिन सफल भयौँ” प्रहरी उपरीक्षक बज्राचार्यले भने । आगो कहाँबाट कसरी लाग्यो भन्नेबारेमा अनुसन्धान सुरु गरेको बताउँदै उहाँले घटनास्थलमा प्रहरी तैनाथ गरेर निगरानी बढाएको बताए ।

अभिलेख

लोकप्रिय