२१ कात्तिक २०८३, शनिवार

नाट्टामा मधुसूदन आचार्य समूह प्यानलै विजयी

२०७२ माघ ४, सोमबार
नाट्टामा मधुसूदन आचार्य समूह प्यानलै विजयी

काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आइतबार सम्पन्न निर्वाचनमा मधुसूदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ ।

नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनबाट अत्याधिक मत ल्याई आचार्य समूह विजयी भएको हो । आईतबार साँझसम्म सम्पन्न निर्वाचन र तत्पश्चात् मध्यरातसम्म भएको मतगणनापछि आचार्य समूह भारी मतले विजयी भएको हो ।

आईतबार सम्पन्न निर्वाचनमा कुल ४ सय ३२ मत खसेको थियो । ४ सय ५४ मतदाता रहेकोमा जम्मा ४ सय ३२ ले मात्र मत खसालेको निर्वाचन अधिकृत देविप्रसाद भट्टराईले जानकारी दिएका छन् । आचार्यसँगै वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष शम्भूराज पाठक समूह र महासचिव मिहिका धाख्वा समूहले प्रतिस्पर्धा गरेका थिए ।

कस्ले कति मत ल्याए ?
मधुसुदन आचार्य समूहः
अध्यक्ष मधुसुदन आचार्य – १९१
प्रथम उपाध्यक्ष सीएन पाण्डे – १९०
द्वितीय उपाध्यक्ष डिके शर्मा – २१५
महासचिव भीमप्रसाद पन्त – १७९
सचिव सुधिर उपाध्याय – २१२
कोषाध्यक्ष चित्र गुरुङ – २२१
सहकोषाध्यक्ष सविता केसी भट्टराई – २१२

सदस्यहरुः
युवराज सुवेदी – १९७
लक्ष्मण लम्साल – २१४
रामकुमार बाराकोटी – १७८
घनश्याम घिमिरे – १८९
विनय बस्नेत – २०८
हरिभक्त श्रेष्ठ – १८८
बरुण मेहता – १७९
सितलकुमारी शर्मा पौडेल – २३३

मिहिका धाख्वा समूहः
अध्यक्ष मिहिका धाख्वा – १६४
प्रथम उपाध्यक्ष केदारनाथ दवाडी – १४९
द्वितीय उपाध्यक्ष सुनिल शर्मा – १४१
महासचिव ठाकुर ढुंगाना – १४४
सचिव कमला गुरुङ – १४७
कोषाध्यक्ष तिलक थापा मगर – ११३
सहकोषाध्यक्ष फुडोमा शेर्पा – १६३

सदस्यहरुः
सुरेश अंगाई – १३८
अमृत ढकाल – १४८
विनोद कार्की – ११८
गोविन्द दाहाल – १४१
सुरेश केसी – ११७
सुरेन्द्र भट्टराई – १४९
यज्ञमुर्ति आचार्य – १०९
अनिककुमार थापा – १२५

शम्भूराज पाठक समूहः
अध्यक्ष शम्भूराज पाठक – ५७
प्रथम उपाध्यक्ष नारायण गुरुङ कोने – ७२
द्वितीय उपाध्यक्ष कृष्णबहादुर मगर – ५२
महासचिव रमेश थापा – ८४
सचिव दिव्यप्रभा शाही – ४१
कोषाध्यक्ष रामबहादुर घले – ६५
सहकोषाध्यक्ष विजय रिजाल – ३०

सदस्यहरुः
राजु व्यञ्जनाकार – ६८
जयाहरि गोइत – ५१
सञ्जय बजिमाया – ७०
महेन्द्रराज पाण्डे – ४९
ईनु थापा – ११३
सागर अधिकारी – ५१
रमेशमान मलेखु – ६३
बाबुराम रसाइली – ७१

अभिलेख

लोकप्रिय