साझाकाे काराेबार १५ करोडमा खुम्चियाे
काठमाडौं । साझा प्रकाशनका पुस्तकलाई स्थानीय निकायबाट खरिद गर्न लगाउन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको ध्यान आकृष्ट गरिएको छ ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, पूर्व शिक्षामन्त्री प्रदीप नेपाल, दिनानाथ शर्मा र साहित्यकार डा. कृष्णहरि बराललगायतको समूहले सिंहदरबारस्थित उनकै कार्यकक्षमा आज भेटेर ध्यानाकर्षण गराएको हो ।
पत्र बुझेपछि उपप्रधानमन्त्री थापाले साझाका प्रकाशनलाई स्थानीय निकायबाट खरिदको वातावरण मिलाउन सम्बन्धित निकायलाई आजै निर्देशन दिने प्रतिवद्धता व्यक्त गरे ।
महाप्रबन्धक शर्माले साझाका खरिदको व्यवस्था हुनसके पठन संस्कृतिको प्रबद्र्धन हुने र संस्थाको आम्दानीमा वृद्धि हुने तथ्य अवगत गराए ।
शिक्षा तथा साहित्यका पुस्तक प्रकाशन गर्दै आएको साझाले करिब एक अर्बको वार्षिक कारोबार गर्ने गरेको भएपनि अहिले १५ करोडमा खुम्चिएको छ ।
संस्थासँग करिब २२ करोडका पुस्तक मौज्दात रहेको बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
