व्यवसाय विस्तारमा माउन्ट धौलागिरी सहकारी
काठमाडाैं । काठमाडाैंकाे ढुंगेधारास्थित माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा बुधबारसम्पन्न साधारणसभाकाे प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्ल रहेकी थिइन । मल्लले अहिलेको समयमा सहकारीमैत्री सहकारी ऐन बनाउनु सबैभन्दा चुनौतीपूर्ण कुरा रहेको बताउँदै आफू त्यसका लागि प्रयासरत रहेको दाबी गरिन् ।
नेकपा माओबादीका नेता देवेन्द्र पौडेलले सहकारी नै आर्थिक विकासको मूख्य आधार भएकोले सहकारी मार्फत नै देशलाई समृद्ध बनाउन सकिनेमा जोड दिए । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले संस्थासँग आफू सुरुवातका दिनदेखि नै नजिक रहेको र संस्थाको प्रगति देख्दा खुसी लागेको बताए । राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले सहकारी अभियानले सहकारी क्षेत्रलाई नयाँ प्रविधि र सीपका साथ अघि बढाएर मुलुकको दिगो विकासमा योगदान पुर्याउनुपर्ने धारणा राखे । संस्थाका प्रबन्ध सञ्चालक गोविन्द शर्मा पौडेलले संस्थाले आफ्नो भौतिक पूर्वाधार बनाईसकेकोले अब व्यवसाय विस्तार तिर जोड दिने बताए ।
संस्थाले गत आर्थिक वर्षको अससार मसान्तसम्ममा २ करोड ४२ लाख ४६ हजार २ सय रुपियाँ शेयर पूँजी संकलन गरेको छ भने १८ करोड २९ लाख १० हजार ६ सय ३८ रुपियाँ निक्षेप संकलन गरी १३ करोड ४७ लाख १८ हजार ५ सय ५२ रुपियाँ ऋण लगानी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
