सहकारीलाई व्यवस्थित गर्न प्रभावकारी ऐनको आवश्यक
सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले नेपालको सहकारी अभियानलाई व्यवस्थित गर्न समुदाय र केन्द्रीय संघहरुलाई अधिकारीसम्पन्न बनाउने प्रभावकारी ऐनको आवश्यकता रहेको बताएका छन् । बाराको मनहर्वामा मंगलबार सम्पन्न बारा जिल्ला बचत तथा ऋण सहकारी संघको छैटौं वार्षिक साधारणसभाको उदघाटन गर्दै घिमिरेले बचत तथा ऋण सहकारीहरु अहिले सामुदायिक वित्तिय परिचालन र सामाजिक विकासका आधारहरुको रुपमा उभिएको बताए ।
कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीहरुवीच एकरुपता र एकीकरण आवश्यक रहेको बताउदै त्यसका लागि स्थानीय सहकारीहरु सीमित आग्रह र पद भन्दा माथि उठेर अभियानका लागि काम गर्नुपर्ने बताए ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, पर्सा बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित, रौतहटका अध्यक्ष खडग बमजन, सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठ, साना किसान कृषि सहकारी संघका सञ्चालक नैनकली खडका, भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनिवास देहाती, स्थानीय सञ्चारकर्मी बिदुर खडकालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिक साधारणसभाले अध्यक्ष गौतम, लेखा संयोजक शालिकराम अधिकारी र कोषाध्यक्ष अनिला लम्सालको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । १०२ सदस्य संस्थाका पदाधिकारीहरु सहभागी वार्षिक साधारणसभाले प्रभावकारी ऐन कानूनको व्यवस्था गर्न, सहकारीलाई करमुक्त क्षेत्र बनाउन र सहकारीमार्फत सामुदायिक विकास र ठुला उद्यमहरु प्रवद्र्धन गर्न मांग गरेको छ । संघमा १५६ बचत तथा ऋण सहकारी संस्थाहरु सामेल छन । संघले जिल्ला सहकारी अभियान, बचत तथा ऋण सहकारीहरुको सशक्तीकरण र प्रवद्र्धनका लागि काम गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
