२१ कात्तिक २०८३, शनिवार

लक्ष्मी उच्च माविमा 'सहकारी शिक्षा'

२०७२ पुष २९, बुधबार
लक्ष्मी उच्च माविमा 'सहकारी शिक्षा'

बागलुङ । सहकारीबारे ज्ञान, सीपको प्रवद्र्धन र प्रसारको लागि जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माविमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले विद्यार्थीहरुका लागि सहकारी सम्बन्धी प्रशिक्षण दिएको हो ।

संस्थाको नियमित प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत भएको सो प्रशिक्षणमा सहकारी प्रबन्धक एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । सोमबार भएको कार्यक्रममा उच्चमावि र मावि तहका विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा जिसीले सहकारीको सैद्धान्तिक र व्यवहारिक ज्ञानका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गराएका थिए ।

उनले सहकारीको अवधारणा, सैद्धान्तिक पक्ष, राम्रा अभ्यासहरु, बचतको महत्व लगायतका बारेमा जानकारी गराएका थिए । ‘सहकारीबारे विद्यार्थीहरुले बुझ्न अति आवश्यक छ, भोलिको मुलुक हाँक्ने विद्यार्थीहरुले सहकारी सम्बन्धी ज्ञान र सीप आर्जन गर्नुपर्छ’ जिसीले भने ।

अभिलेख

लोकप्रिय