सञ्चालक समितिले कार्यकारी भूमिका निर्वाह गर्नु हुँदैन : घिमिरे
निजगढ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले सहकारी एकीकरणको भावनासहितको कानून आवश्यक रहेको बताएका छन् ।
बाराको निजगढमा सञ्चालित मध्यतराईस्तरीय सहकारी युनिफिकेशन र एकीकरण गोष्ठिको उदघाटन गर्दै उक्त घिमिरेले सहकारी २०४८ को ऐनले अहिलेको अवस्थालाई नियमन गर्न नसक्ने बताए ।
सहकारीमा नीतिगत निर्णय र कार्यान्वयन गर्ने निकाय एउटै हुन नसक्ने पनि घिमिरेले बताए । सञ्चालक समितिले कार्यकारी भूमिका निर्वाह गर्नुहुदैन उनले भने, कार्यान्वयनका लागि व्यवस्थापनलाई जिम्मेवार बनाउन सकेमात्र संस्थागत सुशासन कायम हुन्छ ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीहरु सामाजिक व्यवसाय भएकोले यसलाई समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाउन जरुरी रहेको बताए । सहकारीलाई सुशासित, अनुशासित र जोखिमरहित बनाउन सबै सहकारीकर्मीहरु जिम्मेवार हुनुपर्ने पौडेलले बताए ।
कार्यपत्र प्रस्तुत गर्दै नेफ्स्कूनका बरिष्ठ अधिकृत सञ्जय तिमल्सेनाले नेफ्स्कून दीगो र सफल बचत तथा ऋण सहकारी निर्माणका लागि देशव्यापी रुपमा अभियान सिर्जना गरिरहेको बताए ।
कार्यक्रममा मध्यतराईका सात जिल्लाका २०० सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
