सितापाईला सहकारीको साधारणसभा, जगेडा कोषमा १ करोड ३९ लाख
काठमाडौं । सितापाईला बहुउद्देश्यीय सहकारी संस्था लिमीडेटको १६ औं वार्षिक साधारणसभा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद नविन्द्रराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
साधारणसभाले बार्षिक प्रतिवेदन, अार्थिक प्रतिवेदन र लेखा समितिकाे प्रतिवेदन सर्वसम्वतले पारीत गरेकाे छ । सभामा संस्थाका अध्यक्ष केदार मानन्धरले सहकारीका सदस्य बढ्नु नै सहकारीको सफलता हुने बताए ।
संस्थाकाे ४ करोड ३७ हजार शेयर पुँजी रहेकाे छ । संस्थाले दिएकाे जानकारी अनुसार बचत तथा निक्षेप–४४ करोड १६ लाख ६८ हजार २ सय, कुल लगानी ३० करोड १७ लाख १८ हजार र अन्य लगानी ८३ लाख १४ हजार रहेको छ । सहकारीमा जगेडा कोष तथा अन्य कोषहरुमा १ करोड ३९ लाख ९२ हजार ६ सय ५४ रुपैया रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये स्थिर सम्पत्ति ११ करोड ७ लाख ८९ हजार ९ सय, नगद तथा बैंक मौज्दात ५ करोड ४५ लाख ७८ हजार ८ सय, बाह्य ऋण ४ करोड २८ लाख ११ हजार २ सय ३५ रुपैया रहेको छ ।
काे-काे भए सम्मानीत ?
साधरणसभामा उस्सु खेलमा उल्लेखनिय योगदान पु¥याएको भन्दै प्रशिक्षक कुमारबहादुर दाहाल र साहित्यकार तथा प्राज्ञ ज्ञानमणी नेपाललाई दोसल्ला, नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै उत्कृट कार्य गरेको भन्दै सहकारीमा आवद्ध चिसा महिला समूह, बाडभञ्याङ काठमाडौं, र थाप्ले महिला समूह, भिमढुङगा काठमाडौलाई पनि सम्मान गरिएको थियो । 
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

