२१ कात्तिक २०८३, शनिवार

सेवामुलक काममा राेयल सहकारी अगाडी

२०७२ पुष २६, आईतवार
सेवामुलक काममा राेयल सहकारी अगाडी

काठमाडाैं । रोयल बहुउद्देश्यीय सहकारी सस्थाको १८ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा वरिष्ठ पत्रकार पुरुषोतम दाहालले सहकारी समाजवाद र साम्यवादको संयोजन भएको बताए ।सहकारीले सबैलाई समेटेर लैजानुपर्नेमा जाेड दिए ।

संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको संस्थाका सचिव सिताराम काफ्लेले बताए ।

साधारणसभामा संस्थाले विभिन्न विधामा पुरस्कृत तथा सम्मानित गरेकाे थियाे ।

royal coop 2राेयल सहकारीकाे बारेमा 

सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको यस संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । लामो समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यत्तिहरुवाट संचालित यस संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी बिभिन्न किसीमका सेवामुलक कामहरु गर्दै आएको छ ।

दश करोडको पुँजी रहेको संस्थाले आवश्यकता अनुसार जारी तथा चुक्ता पुँजी साधारण सभावाट बृद्धि गर्दै लग्ने व्यवस्था गरेको गरेको छ । संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागी सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।

अभिलेख

लोकप्रिय