२१ कात्तिक २०८३, शनिवार

कन्सर्न नेपालको सहकारी शिक्षा तथा सदस्यता अभिमुखीकरण

२०७२ पुष २५, शनिवार
कन्सर्न नेपालको सहकारी शिक्षा तथा सदस्यता अभिमुखीकरण

बागलुङ । “समृद्ध समाजको स्थापना, कन्र्सन नेपाल साकोसको चाहाना” भन्ने नाराका साथ सहकारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भकुण्डे गाविस वडा नं. ९ को गलुवा ढा“डखर्क प्राथमिक विद्यालयको प्रमङगणमा सहकारी शिक्षा तथा सदस्यता अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

कन्सर्न नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको शिक्षा उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाको परिचय, परिकल्पना, सेवा सुविधा, सहकारीको ज्ञान, वचत गर्ने बानीको विकास, सहकारीका नीति नियम, सदस्यता विस्तारका लागि सदस्यता अभिमुखिकरणको सहजीकरण संस्थाका अध्यक्ष केवी शाहीले गरेका थिए ।

तालिमका सहभागिहरुले गलुवा गाउ“लाई सबै घर परिवार सहकारीमा आवद्ध गराएर गाउ“ विकास अभियान संचालन गरी सहकारी गाउ“ घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोहि भेलाले भीमबहादुर शाहीको संयोजकत्वमा सात सदस्सीय बचत उपसमिति गठन गरेको छ ।sahakari edu

अभिलेख

लोकप्रिय