२१ कात्तिक २०८३, शनिवार

सहकारीको सदुपयोग भएन : निधि

२०७२ पुष २५, शनिवार
सहकारीको सदुपयोग भएन : निधि

काठमाडौं । पूर्वमन्त्री बिमलेन्द्र निधिले सहकारीको सही सदुपयोग हुन नसकेको बताएका छन् ।
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री निधिले सहकारीमर्फत प्रगति हाशिल गर्न सकिने भएतापनि सहकारीको सही प्रयोग हुन नसकेकाले समस्या आएको बताएका हुन् । ग्रामीण अर्थव्यवस्था विकासका लागि सहकारी नै उत्तम विकल्प भएको उनको भनाई थियो ।

कम साधन र स्रोत भएकाले पनि सहकारीमार्फत उल्लेख्य लगानी गर्न रचनात्मक काम गर्न सकिने उनको भनाई थियो । सहकारीले आर्थिक बिकास सँगसँगै सामाजिक, शिक्षा तथा स्वास्थ्यमा पनि रचनात्मक काम गर्न आवश्यक भएको उनले बताए ।

‘सहकारी नयाँ प्रणालीको रुपमा बिकास गर्दै देशको अर्थतन्त्र सबल बनाउन सकिन्छ’ उनले भने । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक पुरुषोतम दाहाललले पूँजीबाद र समाजवादकोे समिश्रण नै सहकारी भएकाले सबैका लागि सहकारी उत्तम माध्यम भएको बताए । समस्याका कारण अर्थतन्त्र धराशायी भएको उनको भनाई थियो ।

राष्ट्रिय सहकारी संघका सञ्चालक एंव उपलब्धि सहकारीका सञ्चालक चन्द्र ढकालले सहकारीमार्फत गर्नुपर्ने काम धेरै भएको र उपलब्धिले प्रशंशा गर्न लायकका कार्यक्रम गरेको बताए ।

अभिलेख

लोकप्रिय