'बागमती' हेर्ने दर्शकलाई उपहार
काठमाडाैं । बहु चर्चित तथा प्रतिच्छित फिल्म ‘बागमती’ अाजबाट रिलिज हुँदैछ । निकै हल्लीखल्ली र प्रचारकासाथ प्रदर्शनमा आउन लागेको यो फिल्मले सोलो रिलिजको अबसर पाउनु पनि अर्को पाटोबाट आशा गर्ने ठाउँ हो । किनकी अन्य हप्ता एकसाथ तीनदेखी चार फिल्मसम्म भिड्ने नेपाली फिल्म उद्योगमा एक्लै फिल्म रिलिजको अबसर पाउनु र अन्य कुनै फिल्म भिड्न तयार नहुनुमा पनि फिल्मप्रति केहि आशा गर्ने ठाउँ हो ।
यसैबीच फिल्म युनिटले रिलिजको पुर्व सन्ध्यामा बिहिबार राजधानीमा प्रेस भेटघाटको आयोजना गर्यो । कार्यक्रममा फिल्म हेर्ने दर्शकले काटेको टिकटको आधारमा बाइकदेखि सुनको सिक्कासम्म उपहार दिने योजना निर्माण टिमले अघी सारेको छ । हलमा दर्शकले काटेको टिकटसँगै वितरण गरिएको कुपनमै यी उपहारहरु रहनेछन् । टिकटसँगै वितरण गरिएको कुपन दर्शकले हलमा राखिएको ‘बागमती’को बक्समा राख्नुपर्नेछ । जसमध्ये हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरि एक जना भाग्यशाली दर्शकलाई सुनको सिक्का दिइनेछ । यस्तै, हरेक हप्ता मोबाइल फोन, होलीडे प्याकेज, कलाकारसँग डिनर, सिक्री, औठी, बाला दिइनेछ ।
काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस्ताे, सम्पूर्ण दर्शकमध्ये एक जनालाई बम्पर उपहार स्वरुप इलेक्ट्रिक बाइक उपलब्ध गराउने बताइएको छ । ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबार अर्थात भोलीबाट देशभरका हलमा लाग्दैछ । कुपनको पछाडिपट्टी राखिएको र्फम भरेर कोही पनि कलाकार बन्न चाहने दर्शकले ‘नेक्स्ट बीग स्टार कन्टेस्ट’मा भाग लिएर यो ब्यानरले बनाउने चलचित्रमा खेल्ने अवसर पनि पाउनेछन् । घन्टा ४० मिनेट लामो यो चलचित्रको सिक्वेल बनाउने घोषणा पनि गरिसकिएको छ । राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरीको मुख्य भूमिका रहेको चलचित्रलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । दिनेश दर्शनधारी र विजय सत्यालले चलचित्रलाई निर्माण गरेका हुन् । चलचित्रको सुरुवातमै राजेश हमाल र शिव श्रेष्ठको १० मिनेट लामो एक्सनको सिन भएकाले पनि नछुटाउन दर्शकलाई निर्माणपक्षले आग्रह गरेको छ । कार्यक्रममा चलचित्र पत्रकार संघलाई नगद ३० हजार सहयोग गरिएको थियो । संघका अध्यक्ष शान्तिप्रियलाई चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा ‘बागमती’का कलाकार शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरे लगायत उपस्थित थिए । महानायक हमाल भने उपस्थित भएनन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
