२१ कात्तिक २०८३, शनिवार

'बागमती' हेर्ने दर्शकलाई उपहार

२०७२ पुष २४, शुक्रबार
'बागमती' हेर्ने दर्शकलाई उपहार

काठमाडाै‌ं । बहु चर्चित तथा प्रतिच्छित फिल्म ‘बागमती’ अाजबाट रिलिज हुँदैछ । निकै हल्लीखल्ली र प्रचारकासाथ प्रदर्शनमा आउन लागेको यो फिल्मले सोलो रिलिजको अबसर पाउनु पनि अर्को पाटोबाट आशा गर्ने ठाउँ हो । किनकी अन्य हप्ता एकसाथ तीनदेखी चार फिल्मसम्म भिड्ने नेपाली फिल्म उद्योगमा एक्लै फिल्म रिलिजको अबसर पाउनु र अन्य कुनै फिल्म भिड्न तयार नहुनुमा पनि फिल्मप्रति केहि आशा गर्ने ठाउँ हो ।

यसैबीच फिल्म युनिटले रिलिजको पुर्व सन्ध्यामा बिहिबार राजधानीमा प्रेस भेटघाटको आयोजना गर्यो । कार्यक्रममा फिल्म हेर्ने दर्शकले काटेको टिकटको आधारमा बाइकदेखि सुनको सिक्कासम्म उपहार दिने योजना निर्माण टिमले अघी सारेको छ । हलमा दर्शकले काटेको टिकटसँगै वितरण गरिएको कुपनमै यी उपहारहरु रहनेछन् । टिकटसँगै वितरण गरिएको कुपन दर्शकले हलमा राखिएको ‘बागमती’को बक्समा राख्नुपर्नेछ । जसमध्ये हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरि एक जना भाग्यशाली दर्शकलाई सुनको सिक्का दिइनेछ । यस्तै, हरेक हप्ता मोबाइल फोन, होलीडे प्याकेज, कलाकारसँग डिनर, सिक्री, औठी, बाला दिइनेछ ।

काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस्ताे, सम्पूर्ण दर्शकमध्ये एक जनालाई बम्पर उपहार स्वरुप इलेक्ट्रिक बाइक उपलब्ध गराउने बताइएको छ । ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबार अर्थात भोलीबाट देशभरका हलमा लाग्दैछ । कुपनको पछाडिपट्टी राखिएको र्फम भरेर कोही पनि कलाकार बन्न चाहने दर्शकले ‘नेक्स्ट बीग स्टार कन्टेस्ट’मा भाग लिएर यो ब्यानरले बनाउने चलचित्रमा खेल्ने अवसर पनि पाउनेछन् । घन्टा ४० मिनेट लामो यो चलचित्रको सिक्वेल बनाउने घोषणा पनि गरिसकिएको छ । राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरीको मुख्य भूमिका रहेको चलचित्रलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् । दिनेश दर्शनधारी र विजय सत्यालले चलचित्रलाई निर्माण गरेका हुन् । चलचित्रको सुरुवातमै राजेश हमाल र शिव श्रेष्ठको १० मिनेट लामो एक्सनको सिन भएकाले पनि नछुटाउन दर्शकलाई निर्माणपक्षले आग्रह गरेको छ । कार्यक्रममा चलचित्र पत्रकार संघलाई नगद ३० हजार सहयोग गरिएको थियो । संघका अध्यक्ष शान्तिप्रियलाई चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा ‘बागमती’का कलाकार शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरे लगायत उपस्थित थिए । महानायक हमाल भने उपस्थित भएनन् ।

अभिलेख

लोकप्रिय