२१ कात्तिक २०८३, शनिवार

स्कुल स्कुलमा सहकारी सचेतना कार्यक्रम

२०७२ पुष २४, शुक्रबार
स्कुल स्कुलमा सहकारी सचेतना कार्यक्रम

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले तंग्राम गाविसमा रहेका दुई वटा विद्यालयमा सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गरी आयआर्जनमा सक्रिय बनाउन तथा सामाजिक अभियानप्रति आकर्षित गर्ने उदेश्यका साथ नारायणी उच्च मावि र धारा उच्च माविमा अध्ययनरत विद्यार्थीहरुका लागि सहकारी सचेतना तालिम दिइएको हो ।
विद्यार्थीलाई सहकारीको विकासक्रम, इतिहास, मुल्यमान्यन्ता, सिद्धान्त, सहकारीमा बचतको महत्व, सहकारीले दिने सेवा सुविधा र रोजगारको अवसर लगायतका विषयमा संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा विद्यालयका ११ र १२ कक्षाका ५५ जना विद्यार्थीले सहभागीता जनाएका थिए ।
 

अभिलेख

लोकप्रिय