२१ कात्तिक २०८३, शनिवार

सहकारीका सञ्चालकलाई 'सहकारी शिक्षा'

२०७२ पुष २३, बिहिबार
सहकारीका सञ्चालकलाई 'सहकारी शिक्षा'

बागलुङ । ग्रामिण क्षेत्रमा सञ्चालित सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले बागलुङको तंग्राम गाविसमा सञ्चालित ३ दिने सहकारी सचेतना तालिम बिहीबार सम्पन्न भएको छ ।

भीमापोखरा युवा क्लव (बिवाइसी) बागलुङले तंग्राम गाउँ विकास समितिको सहयोगमा आयोजना गरेको तालिममा सो गाविसमा रहेका ७ वटा सहकारी संस्थाहरुमा आवद्ध सञ्चालक तथा व्यवस्थापकहरु गरी २० जनाको सहभागिता रहेको थियो ।

सहकारीको सैद्धान्तिक ज्ञान नहुदा संस्था सञ्चालनमा समस्या आउने गरेकोले सबै तालिम आयोजना गरिएको बिवाइसी बागलुङका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका प्रभावकारी हुनु पर्ने भएकाले तालिम सहयोगी भएको सहभागीहरुले बताए ।

तालिममा सहकारीको इतिहास, वर्तमान अवस्था, बचतको महत्व, जोखिम न्युनिकरण, वित्तिय अवस्था, सहकारीका नीति नियम, योजना निर्माण लगायतका बिषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरिएको थियो ।

तालिमका सहभागीहरुले तंग्राम गाविसलाई सबै घर परिवार सहकारीमा आवद्ध गराएर सहकारी गाउँ घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अभिलेख

लोकप्रिय