२१ कात्तिक २०८३, शनिवार

सहकारीले फेरेको ग्रामीण महिलाको दिनचर्या

२०७२ पुष २२, बुधबार
सहकारीले फेरेको ग्रामीण महिलाको दिनचर्या

महोत्तरी । एक एक रुपैयाँ जम्मा गरी सहकारी स्थापना गर्न सफल भएका जिल्लाका ग्रामीण भेगका महिलाको आजभोलि दिनचर्या फेरिएको छ । दाउरा र रक्सी बिक्री गर्दै आएका सयौं महिला सहकारीबाट ऋण लिएर करेसाबारी, पशुपालन जस्ता आयआर्जनका काम गर्न थालेका छन् । आफैले आम्दानी गरेको रुपैयाँ बचत गरेर समाजमा उदाहरणीय बनेका छन् ।

जिल्लाको बेलगाछिकी मनकुमारी थापा मगर आफ्नै नेतृत्वमा रहेको सहकारीबाट सहुलियत दरमा ऋण लिएर करेसाखेती र पशुपालन गरिरहेका छन् । सेवा सामाजिक उद्यमी सहकारी संस्था बेलगाछिका अध्यक्ष समेत रहेकी मगर अहिले आफ्नै घरमा गोबर ग्यास (बायोग्यास) बनाएर रक्सी पार्नुको सट्टा पशुको लागि साँझ बिहान खोले पकाउँछन् ।

मगरको करेसाबारीमा लहलहाउँदों बोडी, मकै र उखुखेती रहेको छ । गोठमा आधादर्जन भन्दा बढी बाख्रा र एउटा भैँसी समेत पाल्नु भएकी उनीले अहिले आफैले फलाएको तरकारी गौशाला बजारमा बिक्री गर्छिन । मनकुमारी जस्तै गौरीवास– १ की मन्जु फुँयालको पनि सहकारीमा आवद्ध भएर जीवनस्तर फेरिएको छ । उनीले वर्ष अगाडि महोत्तरी र धनुषाको साँधमा पर्ने रातु खोलामा गिट्टी कुटेर बिक्री गरी जीविकोपार्जन गर्दै आएकी छिन् ।

अभिलेख

लोकप्रिय