हमाल र शिवको एक स्वर ’बागमती’ दमदार
काठमाडाैं । अभिनेता राजेश हमाल र शिव श्रेष्ठले बर्षौपछि सँगै काम गरेको फिल्म हो, ’बागमती’ । यही शुक्रबारबाट रिलिजको क्रममा रहेको साउथ ईण्डियन निर्देशकको यो फिल्मप्रति दर्शकदिर्घामा त उत्सुकता र कौतुहलता छ नै यस फिल्मसँग जोडिएका कलाकारहरुको समेत मन ’ढुकढुक’ छ रे ! मंगलबार राजधानीमा सँगै भेटिएका हमाल र शिवले यस्तो तर्क गरे ।
हमाल र शिवले निर्माण युनिटसँगै बसेर मंगलबार बिहान एक हलमा फिल्म पनि हेरेका छन् । त्यसपश्चात भने दुबै जना निकै उत्साहित देखिएका थिए । पहिला पहिला त साउथ ईण्डियन प्रविधी जोडिएको फिल्म कस्तो बनेको होला भन्ने बारेको कौतुहलता मेटिएको छ, उत्कृष्ट प्रविधीको उत्कृष्ट फिल्म बनेको छ’ हमाल गुञ्जिए । राष्ट्रिय विषय बनेको ’बागमती’ नदी सरसफाईसँग समेत जोडिएको यो फिल्म ऐतिहासिक बनेको उनको भनाई छ ।
अन्य फिल्मको प्रचारमा हमालले साथ नदिने गरेको आरोप लागिरहँदा यो फिल्मको लागी भने उनी मरिमेटेर लागेका छन् । मंगलबार पनि अर्को एक फिल्मको सुटङ रोकेर नै जमघटमा उनी सरिक भएका थिए । हमालले मोफसलमा समेत पुग्दा ’बागमती’ प्रति रिलिज अगाबै बनेको क्रेजले उत्साहित बनाएको भन्दै हलमा पनि त्यो साथ मिल्ने आशा व्यक्त गरे ।
त्यस्तै ’एक्शन किङ’को रुपमा परिचित अर्का अभिनेता शिवले महानायकको उपमा पाईसकेका हमालसँग काम गर्न पाउनु नै गर्वको कुरा भन्दै ’सस्पेन्स’, ’थ्रिलर’, ’ईमोशनल’ प्रकृतिको ’बागमती’ एकपटक हेरेर आफ्नो कमब्याकलाई मुल्यांकन गरिदिन आग्रह गरे । ’सन्नि केराला जस्तो निर्देशक नेपालमा १० बर्ष प्रवेश गरेको भए, नेपाली फिल्म उद्योगमा नै कायापलट हुन्थ्यो, २ दशक लामो करियरमा पहिलो पटक खास निर्देशकसँग काम गरेको अनुभुती भयो’ श्रेष्ठले ठोकुवासाथ बोले ।
पोष्ट प्रोडक्शनको सम्पुर्ण काम भारतमा नै गरिएको फिल्मको मेरुदण्डको रुपमा, निर्देशक, सिनेमाटोग्राफी, साउण्ड तथा राजेश हमाललाई लिईएको छ । एक सशक्त मनोरञ्जनात्मक फिल्म निर्माणको लागी कुनै कञ्जुस्याईँ बाँकी नगरेको भन्दै प्रस्तुतकर्ता बिजय सत्यालले अबको जिम्मा दर्शकको हातमा रहेको बताए ।
फिल्म प्रस्तुतीमा बिजयले दिनेश दर्शनधारीसँग सहकार्य गरेका छन् भणे अनिष नापित फिल्मका कार्यकारी निर्माता हुन् । यशोधा राई, सुवर्ण महर्जन लगायतको समेत लगानी रहेको फिल्ममा हमाल र शिवसैगै ध्रुब कोईराला, रविकर घिमिरे, कञ्चन ठकुरी, श्रेया कार्की, केकी अधिकारी लगायत अभिनयमा छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
