एउटै सहकारीले सदस्यकाे सम्पूर्ण अावश्यकता पुरा गर्न सक्नुपर्छ : ढकाल
काठमाडाैं । राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालले सहकारीमा ‘एक व्यक्ति, एक सहकारी’ नीति अावश्य रहेकाे बताएका छन् । एउटै व्यक्ति धेरै सहकारीमा सदस्य हुँदा विभिन्न समस्या अाउने बताउँदै उनले एउटै सहकारीले सदस्यकाे सम्पूर्ण अावश्यकता पुरा गर्न सके सदस्यहरु एउटै सहकारीमा केन्द्रित हुने बताए ।
उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. को छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले सहकारी निश्चित कार्यक्षेत्रमा सिमित हुने भएकोले स्थानिय व्यक्तिहरूले पनि एउटै संस्थामा मात्र सदस्य बन्नुपर्ने र त्यसमा मात्र कारोबार गरेर संस्थालाई सफल बनाउनुपर्ने उनकाे भनाइ थियाे ।
ढकालले सहकारी संस्थाहरू एकिकरणमा जानु आवश्यक भइसकेको तर यसका लागि अनुकुल नीति नआएको भन्दै राज्यका निकायले यसको यथोचित समाधान खोज्नुपर्ने धारणा राखे ।
साधारणसभामा व्यवस्थापिका संसदका सदस्य राज्यलक्ष्मी श्रेष्ठले घरेलु जिम्मेवारीबाट माथि उठेर महिलाहरूले मात्र पनि सफल रूपमा सहकारी सञ्चालन गरेकोमा सह्राना गरिन् । श्रेष्ठले मिहिनेती महिलाहरूको धैर्य र अनुशासनले नै संस्थाले सफलता हात पारेको बताईन् । डिभिजन सहकारी कार्यालय काठमाडौँका वरिष्ठ सहकारी अधिकृत नारायणप्रसाद अर्यालले उपासनाले समुदायमा पुर्याएको योगदान र ऐन नियमको पालनालाई हेरेर अघिल्लो वर्ष डिभिजन सहकारीले उत्कृष्ट सहकारी सम्मान प्रदान गरेको स्मरण गर्दै संस्थाले अबका दिनमा पनि नीतिनियम भित्र रहेर काम गर्दै जाने कुरामा विश्वास व्यक्त गरे । सहकारीका संचालकहरुमा इमान्दारिता र पारदर्शीता हुन अावश्यक रहेकाे उनकाे भनाइ थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
