२१ कात्तिक २०८३, शनिवार

एउटै सहकारीले सदस्यकाे सम्पूर्ण अावश्यकता पुरा गर्न सक्नुपर्छ : ढकाल

२०७२ पुष २०, सोमबार
एउटै सहकारीले सदस्यकाे सम्पूर्ण अावश्यकता पुरा गर्न सक्नुपर्छ : ढकाल

काठमाडाैं । राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालले  सहकारीमा ‘एक व्यक्ति, एक सहकारी’ नीति अावश्य रहेकाे बताएका छन् । एउटै व्यक्ति धेरै सहकारीमा सदस्य हुँदा विभिन्न समस्या अाउने बताउँदै उनले एउटै सहकारीले सदस्यकाे सम्पूर्ण अावश्यकता पुरा गर्न सके सदस्यहरु एउटै सहकारीमा केन्द्रित हुने बताए ।

उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. को छैटौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले सहकारी निश्चित कार्यक्षेत्रमा सिमित हुने भएकोले स्थानिय व्यक्तिहरूले पनि एउटै संस्थामा मात्र सदस्य बन्नुपर्ने र त्यसमा मात्र कारोबार गरेर संस्थालाई सफल बनाउनुपर्ने उनकाे भनाइ थियाे ।

ढकालले सहकारी संस्थाहरू एकिकरणमा जानु आवश्यक भइसकेको तर यसका लागि अनुकुल नीति नआएको भन्दै राज्यका निकायले यसको यथोचित समाधान खोज्नुपर्ने धारणा राखे ।

साधारणसभामा व्यवस्थापिका संसदका सदस्य राज्यलक्ष्मी श्रेष्ठले घरेलु जिम्मेवारीबाट माथि उठेर महिलाहरूले मात्र पनि सफल रूपमा सहकारी सञ्चालन गरेकोमा सह्राना गरिन् । श्रेष्ठले मिहिनेती महिलाहरूको धैर्य र अनुशासनले नै संस्थाले सफलता हात पारेको बताईन् । डिभिजन सहकारी कार्यालय काठमाडौँका वरिष्ठ सहकारी अधिकृत नारायणप्रसाद अर्यालले उपासनाले समुदायमा पुर्‍याएको योगदान र ऐन नियमको पालनालाई हेरेर अघिल्लो वर्ष डिभिजन सहकारीले उत्कृष्ट सहकारी सम्मान प्रदान गरेको स्मरण गर्दै संस्थाले अबका दिनमा पनि नीतिनियम भित्र रहेर काम गर्दै जाने कुरामा विश्वास व्यक्त गरे ।  सहकारीका संचालकहरुमा इमान्दारिता र पारदर्शीता हुन अावश्यक रहेकाे उनकाे भनाइ थियाे ।

अभिलेख

लोकप्रिय