उपासना साकोसमा पुन : अमरावती महर्जन
काठमाडौं । सीतापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड (उपासना साकोस)को अध्यक्षमा पुनः अमरावती वलामी (मर्हजन) निर्वाचित भएकी छिन् ।

संस्थाको शनिवार सम्पन्न छैटौं साधारणसभाले पुनः मर्हजनको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति, तीन सदस्यीय लेखा समिति र तीन सदस्यीय शिक्षा उपसमिति सर्वसम्वत रुपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ललना बज्राचार्य (मानव), सचिवमा शान्ति लक्ष्मी महर्जजन, कोषाध्यक्षमा ईन्दिरा चालिसे रहकी छिन् । त्यस्तै सदस्यहरुमा सानुनानी व्यञ्जनकार, पवित्रा केसी, पुष्पादेवी वलामी, तुलसा खड्का र राखीखनाल रहेकी छिन् । त्यसैगरी साधारण सभाले उर्बसी रेग्मीको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मैयाँ चापागाई र रामप्यारी श्रेष्ठ रहेकी छिन् । सरिता थापा (खड्का) संयोजक रहेको शिक्षा उप समितिको सदस्यहरुमा सावित्रि कुँवर र ज्योति श्रेष्ठ रहेकी छिन् ।
उपासना सहकारी पैसा किन्ने र बेच्ने सहकारी मात्र नभई महिलाहरुको क्षमता बृद्धि गरि विभिन्न विषयमा महिलाहरुलाई सक्षम बनाउने एउटा उदाहरणीय महिला सहकारी भएको अध्यक्ष महर्जनले बताईन । आम सदस्यहरुको आवश्यकता र चाहना अनुरुपका काम गर्दै आएको र आगामी दिनमा अझ बढी सदस्य केन्द्रीत कार्यक्रम ल्याउने बताईन ।
२०६६ साउन ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भदौबाट आर्थिक कारोबार शुरु गरेको यस संस्थाले १३ सय सदस्यहरु बीच साढे तीन कारोडको कारोबार गरीरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

