२१ कात्तिक २०८३, शनिवार

सहकारी ऐन ल्याउँदा अध्ययनको खाँचो छ : सहकारी मन्त्री केसी

२०७२ पुष १७, शुक्रबार
सहकारी ऐन ल्याउँदा अध्ययनको खाँचो छ : सहकारी मन्त्री केसी

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को पाँचाैँ वार्षिक साधारणसभामा बाेल्दै मन्त्री केसीले अर्थव्यवस्थाका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारीसम्बन्धी ऐन मस्यौदाका रुपमा तयार भइसकेको जानकारी दिँदै यसमा भएका कमीकमजोरीलाई अध्ययन गर्नुपर्नेमा जोड दिए ।
ऐन जारी गर्दा सहकारीसम्बन्धी मूल्य मान्यता र सिद्धान्तलाई छाड्न नमिल्दैन बताउँदै केसीले राष्ट्रिय, अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात् गरी ऐन अाउने बताए ।

काठमाडौं । उपप्रधानमन्त्री एवंम सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारी ऐन ल्याउँदा धेरै अध्ययनको खाँचो रहेको बताएका छन् ।

“एकै व्यक्ति धेरै सहकारीमा सदस्य बन्ने जस्ता समस्या धेरै छन्”, उनले भने –“सहकारीमा भएका सदस्यले आफ्नो पुँजी कहाँ र कसरी प्रयोग भइरहेको छ भन्नेबारे जानकारी राख्नु जरुरी छ ।”

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष तथा सांसद केशव बडालले सहकारी ऐन ल्याउँदा सहकारी अभियानलाई बाधा पर्ने गरी ल्याउन नहुुनेमा जोड दिए ।

सहकारी मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले सङ्ख्यात्मक रुपमा सहकारी बढ्दै गइरहेकाले यसको व्यवस्थापनमा काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सिजेएनका अध्यक्ष डिल्ली प्रसाद सापकाेटाले सहकारीका विभिन्न निकाय संग संस्था सहकार्य गरेर अघि बढ्न तयार भए पनि सहकारी अभियानले वेवास्ता गरेकाे अाराेप लगाए ।

कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागार्इंलाई सम्मानसमेत गरिएको थियो ।

अभिलेख

लोकप्रिय