२१ कात्तिक २०८३, शनिवार

सिजेएनको अध्यक्ष र उपाध्यक्ष पक्का, कस्ताे बन्दै छ टिम ?

२०७२ पुष १५, बुधबार
सिजेएनको अध्यक्ष र उपाध्यक्ष पक्का, कस्ताे बन्दै छ टिम ?

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को आगामी कार्यकालका लागि अध्यक्ष र उपाध्यक्ष पक्का भएको छ ।

अध्यक्षमा पुनः डिल्ली प्रसाद सापकोटा र उपाध्यक्षमा वर्तमान सचिव खिलानाथ दाहाल हुने पक्का जस्तै भएको हो । केही दिन यता दाहाल पनि अध्यक्ष बन्न चासो देखाएका थिए तर सबै कार्यसमिति सर्वसम्बत बनाउने अनुरुप सापकोटालाई नै सहयोग गरी आफू उपाध्यक्ष बन्न तयार रहेको बुझिएको छ ।

त्यस्तै सचिवमा संगम महत हुने लगभग पक्का भएको छ । यस अघि वर्तमान सह सचिव तुलसीराम सुवेदी पनि सचिवमा उम्मेद्वारी दिने बताईएको थियो । संगम महत सचिवमा सर्वसम्वत भए आफू पुनः सहसचिव बस्न तयार भएको बुझिएको छ । यसकारण संगम महत पनि सचिवमा पक्का जस्तै भएको छ ।

सहसचिवमा तुलसीराम सुवेदी बस्न राजी भएपनि ज्ञानेन्द्र पौडेल पनि सहसचिवमा उम्मेदवारी दिने तयारीमा छन् । त्यस्तै कोषाध्यक्ष र बाँकी २ सदस्य भने कसैको पनि दाबी परेको छैन ।

अभिलेख

लोकप्रिय