२१ कात्तिक २०८३, शनिवार

सिजेएनमा चुनावी रौनक : नेतृत्वको दौडमा को को ?

२०७२ पुष १५, बुधबार
सिजेएनमा चुनावी रौनक : नेतृत्वको दौडमा को को ?

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को पाँचौ साधारणसभा नजिकिदै जाँदा चुनावी रौनक बढेको छ ।
गत मंसिर ४ गते नै साधारणसभाको मिति चयन भएपनि चुनावी रौनक भने केही दिन यता मात्र शुरु भएको हो ।

२०७० माघ २९ गते भएको तेस्रो बार्षिक साधारणसभाले डिल्ली प्रसाद सापकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

वर्तमान कार्यसमिति चनय भएको २ वर्ष नपुग्दै समाजले नयाँ नेतृत्व पाउँदैछ । अनामनगर स्थित युनियन हाउसमा हुने साधारणसभाको उद्घाटन उपप्रधान एवंम सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले गर्नेछन् ।

नेतृत्वको दौडमा को को ?
समाजको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष डिल्ली प्रसाद सापकोटा पुनः अध्यक्ष बन्ने दौडमा  छन् । २ वर्षको अवधिका केही राम्रा राम्रा काम भएको र अझै धेरै काम गर्न बाँकी रहेकाले पुनः अध्यक्ष बन्ने दौडमा रहेका छन् ।

त्यस्तै वर्तमान कार्यसमितिका सचिव खिलानाथ दाहालले पनि अध्यक्षमा चासो देखाएका छन् । दाहाललाई अध्यक्ष बनाउन केही व्यक्तीहरु क्रियाशिल रहेको बुझिएको छ । दाहाल र सापकोटा दुबैले सर्वसम्वत रुपमा कार्यसमिति चयन गर्नुपर्ने बताएका छन् । वर्तमान कार्यसमितिका पदाधिकारीहरु सर्वसम्बत नेतृत्व चयन गर्न विभिन्न छलफल गरीरहेको छ । यता वर्तमान सचिव दाहाल सापकोटाकै नेतृत्वमा कार्यसमिति चयन गरी आफू उपाध्यक्ष बन्न पनि तयार रहेको बुझिएको छ । काम गर्ने टिम बने आफू उपाध्यक्षमा बसेर सापकोटालाई अध्यक्ष बनाउन तयार रहेकाे बुझिएको छ ।

त्यस्तै सचिवमा वर्तमान कार्यसमितिका सहसचिव तुलसीराम सुवेदी दाबी गरेका छन् । सुवेदी सचिव पदमा एक भोट मात्रै आएपनि चुनावै लड्ने अडान बोक्दै आएका छन् । त्यस्तै सचिवमै कार्यसमितिका सदस्य संगम महतले पनि चासो व्यक्त गरेका छन् । महत सर्वसम्बत रुपमा सचिव बनाए आफू सचिवको जिम्मेवारी लिने बुझिएको छ । महतले सचिव बन्न चासो देखाए सुवेदीले महतलाई समर्थन गर्ने बुझिएको छ । त्यस्तै सहसचिवमा ज्ञानेन्द्र पौडेलले चासो देखाएका छन् । कोषाध्यक्ष, सदस्यमा भने अहिले सम्म कसैको दाबी परेको छैन ।

साधारण सभाले अध्यक्ष, उपाध्यक्ष, सचिब, सहसचिव र कोषाध्यक्ष गरी ५ पदाधिकारी र २ जना सदस्य गरी ७ सदस्यीय कार्यसमिति चयन गर्नेछ । अन्य दुई सदस्यको अध्यक्षले मनोनित गर्ने छ ।

२०७० माघ २९ गते भएको तेस्रो बार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमिति

२०७० माघ २९ गते भएको तेस्रो बार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमिति

सिजेएनका बारेमा
सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन २०६८ सालमा यादव हुमागाईको अध्यक्षतामा समाज स्थापना भएको हो । सहकारी पत्रकारीताको संस्थागत विकास, पत्रकारहरुको हक हितमा यस संस्था क्रियाशिल रहेको छ ।

प्रथम साधारणसभाबाट निर्वाचित कार्यसमिति

२०६८ साल चैत १७ गते शुक्रबार सम्पन्न प्रथम साधारणसभाबाट निर्वाचित कार्यसमिति

अभिलेख

लोकप्रिय