२१ कात्तिक २०८३, शनिवार

केन्द्रीय कफी सहकारीको अध्यक्षमा पोखरेल, १५ सदस्यीय नयाँ कार्यसमिति चयन

२०७२ पुष १४, मङ्गलबार
केन्द्रीय कफी सहकारीको अध्यक्षमा पोखरेल, १५ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं । केन्द्रीय कफी सहकारी संघ लिमिटेडको अध्यक्षमा योगेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तनहूँको आँबुखैरेनीमा शतिबार सम्पन्न संघको नवौं वार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्मतरुपमा चयन गरेको हो ।

नव निर्वाचित अध्यक्ष पोखरेल यस अघिको कार्यसमितिमा संघको सचिव थिए । उनी १४ वर्ष देखि निरन्तर सहकारी अभियानमा कृयाशिल छन् ।

त्यस्तै संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदर्शन बोलखे, सचिवमा शिव बोहोरा, सहसचिवमा बासुदेव मिश्र, कोषाध्यक्षमा गंगा अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी संघको नयाँ कार्यसमिति सदस्यमा शेषकान्त गौतम, चित्रबहादुर बस्नेत, करुणानन्द घिमिरे, पूर्णबहादुर मोगराती, फडीनारायण अर्याल र तुलसीराज धिताल रहेका छन् ।
समितिका बाँकी चार जना सदस्यहरु नयाँ कार्यसमितिले समावेशीताको आधारमा मनोनयन गरिने संघले जनाएको छ ।
केन्द्रीय कफी सहकारी संघ प्रारम्भिक कफी सहकारी संस्था तथा जिल्ला कफी संघहरुको छाता संगठन हो । यसमा हाल १४ जिल्लाका कफी सहकारी संघ/संस्थाहरु आवद्ध रहेका छन् ।

एकल उदेश्यको सहकारीको रुपमा रहेको कफीको सहकारी केन्द्रीय संघ २०६३ मंसिर ३ गते दर्ता भई कामकाज गर्दै आएको छ । साथै उक्त साधारणसभाले डिल्लीराम रेग्मीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्वाचित गरेको छ ।

अभिलेख

लोकप्रिय