२१ कात्तिक २०८३, शनिवार

साना किसान मनहर्वा १३ अाैं बर्षमा प्रवेश

२०७२ पुष १४, मङ्गलबार
साना किसान मनहर्वा १३ अाैं बर्षमा प्रवेश

बारा । साना किसान कृषि सहकारी संस्था लि. मनहर्वा बारा स्थापनाको १३ अाैं बर्षमा प्रवेश गरेको छ । २०६० साल पौष १३ गते अर्थात १२ वर्ष अगाडी डिभिजन सहकारी कार्यालय भरतपुर चितवनमा विधिवत दर्ता भई संचालनमा अाएकाे थियाे ।

७ कारोड पुंजी निर्माण गरी करिब २ हजार महिला सदस्यहरुसंग कारोबार गरिरहेको छ । मनहर्वा,उत्तरझिट्कैयां,महेशपुर र कलैया नगरपालीका वडा नं.२,४ कार्यक्षेत्र रहेको संस्थाले हाल मनहर्वा र उत्तर झिट्कैंया २ गाविसमा मात्र आफ्नो सेवा संचालन गरीरहेको छ । 

संस्थाले हाल सदस्यहरु बीच समुहका माध्यमबाट विभिन्न प्रकारका बचत संकलन गर्ने, लघुकर्जा,पशुपालन कर्जा,नविकरणिय उर्जा र सरसफाई(चर्पी निर्माण) कर्जा लगानी गर्नुका साथै विभिन्न सामाजीक कार्यहरु गर्दै आएको छ । सदस्यहरुको मृत्यु पश्चात राहत, सुत्केरी भत्ता, स्कुल,कलेज तथा मठमन्दिर निर्माणका साथै पुलपुलेसा निर्माणमा सहयोग समेत गर्दै आएको छ ।

सदस्य परिवारका बिद्यार्थी, एकल महिला तथा अपाङ्गहरुलाई आर्थिक सहयोगका साथै मानसम्मान गर्ने जस्ता कामहरुमा पनि संस्थाले काम गर्ने गरेको छ । यसै बर्षबाट मृत्युपर्यनत राहत तथा पेन्सन कार्यक्रम समेत सुरु गरेको छ ।

अभिलेख

लोकप्रिय