२१ कात्तिक २०८३, शनिवार

सहकारीकर्मी शाह रहेनन्

२०७२ पुष १४, मङ्गलबार
सहकारीकर्मी शाह रहेनन्

काठमाडाैं । जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष सुरेन्द्र प्रताप शाहकाे निधन भएकाे छ । गए राति डा.इवामुरा मेमोरियल हस्पिटल सल्लाघारी भक्तपुरमा उपचारकाे क्रममा ६९ वर्षको उमेरमा उनकाे निधन भएकाे हाे ।

शाह भक्तपुरको नगरकोट नगरपालिका वडा नं ११ का स्थायी बासिन्दा एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका अध्यक्ष समेत हुन् । उनले विगत २७ वर्षदेखि अध्यक्ष सम्हाल्दै अाएका थिए ।

उनी पुर्व जि वि स सभापति हुन् । आज भक्तपुर अस्पतालको प्राङ्गणमा राखिएको शाहको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेपछि श्रम तथा रोजगार एवम् वाणिज्य मन्त्री दीपक बोहराले लामो समय राप्रपामा रहेर योगदान दिनुभएको शाहको निधनले सिङ्गो पार्टी स्तब्ध भएको बताए।
शाहको पार्थिव शरीरमा पूर्वमन्त्री, राप्रपाका केन्द्रीय सदस्य एवम् राप्रपाका उच्च कार्यसम्पादन समितिका सदस्य परशुराम खापुङ र राप्रपाका केन्द्रीय सदस्य रामहरि थापाले पार्टीको झन्डा र राष्ट्रिय झन्डा ओढाएर सम्मान गरे ।
यसैगरी, शाहको पार्थिव शरीरमा भूमि सुधार सहायकमन्त्री दिनेश श्रेष्ठ, पार्टी महामन्त्री बुद्धिमान तामाङ, प्रजिअ तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, प्रहरी उपरीक्षक किरण बज्राचार्य, जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुखहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

आर्यघाटमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्ष पशुपतिशम्शेर राणालगायतका पार्टी नेताले श्रद्धाञ्जलि अर्पण गरे । शाहको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

अभिलेख

लोकप्रिय