२१ कात्तिक २०८३, शनिवार

प्रोबेसनको मध्यतराई क्लष्टरको समिक्षा वैठक

२०७२ पुष १३, सोमबार
प्रोबेसनको मध्यतराई क्लष्टरको समिक्षा वैठक

हेटौंडा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रवद्र्धन गरिरहेको राष्ट्रिय ब्राण्ड पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) को मध्यतराई क्लष्टरको पहिलो समिक्षा गोष्ठि आइतबार हेटौडामा सम्पन्न भएको छ । मध्यतराई क्लष्टरमा मध्यतराईका दश वटा बचत तथा ऋण सहकारी संस्थाहरु सामेल छन् ।

गोष्ठिको उदघाटन गर्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले बचत तथा ऋण सहकारीहरुले स्थानीय तहमा वित्तिय चेतना र जागरण सिर्जना गरेको बताउदै यसलाई थप व्यवस्थित, जोखिमरहित र गुणस्तरयुक्त बनाउन ध्यान दिनुपर्ने बताए । सहकारीहरुको संख्यात्मक विकाससंगै गुणात्मक विकास र स्तरीकरणका लागि नेफ्स्कूनले काम गरिरहेको छ । पौडेलले एक्सेस र प्रोवेशन ब्राण्ड प्रदान गर्ने र संस्थाहरुको क्षमता विकासका लागि काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलक पोखरेलले बचत तथा ऋण सहकारीहरुले समुदायको वित्तिय र सामाजिक आवश्यकता पुरा गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै जोखिम र विकृतिहरु हल गर्न ध्यान दिनुपर्ने बताए ।

समिक्षा गोष्ठिमा नेफ्स्कूनका बरिष्ठ अधिकृत दुर्गा ढकाल, अधिकृत प्रेम वाग्लेले सहजीकरण गरेका थिए । गोष्ठिको आयोजना महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था चुरियामाईले गरेको थियो । क्लष्टरमा मकवानपुरबाट महिला जनचेतना, महिला मिलन, महिला एकता, महिला जागरण महिला अभियान, बाराबाट हातेमालो र सगरमाथा, रौतहटबाट नवविकास र संकल्प र सिन्धुलीबाट मिलिजुली संस्थाहरु रहेका छन् ।

अभिलेख

लोकप्रिय