२१ कात्तिक २०८३, शनिवार

चन्द्रसूर्य साकाेसले वितरण गर्याे तीन सय विद्यार्थीलाई स्वेटर

२०७२ पुष १३, सोमबार
चन्द्रसूर्य साकाेसले वितरण गर्याे तीन सय विद्यार्थीलाई स्वेटर

काठमाडाैं । ललितपुरकाे लगनखेल स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रसूर्य साकाेस) र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ एलसी काठमाडाैंले विद्यार्थीलाई ऊलन स्वेटर वितरण गरेकाे छ । दुबै संस्थाले संयुक्त रुपमा दक्षिण ललितपुर स्थित श्री महाकाल उच्च मावि गोटिखेलका तीन सय विद्यार्थीलाई ऊलन स्वेटर वितरण गरेके हाे ।

दुबै संस्थाका अध्यक्ष रामशरण बस्नेतले न्यानो कपडा तथा व्लाङकेट वितरण कार्यक्रमलाई निरन्तरता दिने बताए । सहयोग गर्न इच्छुक संघ/संस्था तथा महानुभावहरूले संस्थामा सम्पर्क गर्न सकिने समेत उनले बताए ।

 chandra surya sahakari

अभिलेख

लोकप्रिय