२१ कात्तिक २०८३, शनिवार

सहकारीका सञ्चालकका लागि सचेतना तालिम

२०७२ पुष १३, सोमबार
सहकारीका सञ्चालकका लागि सचेतना तालिम

बागलुङ । डिभिजन सहकारी कार्यालय बागलुङको आयोजनामा भिमापोखरा–१ अक्षते बजारमा ३ दिने सहकारी सचेतना तालिम कार्यक्रम शुरु भएको छ ।

जिल्लाको पाला, भिमापोखरा, विहुँ, रेश र पैयुँपाटा गाविसमा रहेका सहकारीका सञ्चालकहरुलाई सहकारी सम्वन्धी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिम कार्यक्रमको उद्घाटन बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल गरे । सहकारी सञ्चालनका लागि सञ्चालकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले नेतृत्वमा रहने व्यक्तिहरु दक्ष र सहकारी सम्वन्धी सम्पूर्ण ज्ञान सिप भएको हुनुपर्ने शर्माले बताए ।

अभिलेख

लोकप्रिय