२१ कात्तिक २०८३, शनिवार

जनसहयोगी साकाेस अाफ्नै भवनमा

२०७२ पुष १२, आईतवार
जनसहयोगी साकाेस अाफ्नै भवनमा

बलराम के सी,

दोलखा । जिरी नगरपालिका वडा –२ मा रहेको जनसहयोगी बचत तथा ऋण सहकारी सस्थाको २० औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभामा सस्थाका सचिव बलराम दाहालले संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष अम्बिका केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक सोनाम शेर्पाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले माली विकास पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार चन्द्र बहादुर खड्कालाई प्रदान गरेको छ । खड्कालाई नगद ५ हजार ५ रुपैया सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

सस्थाका अध्यक्ष भक्त केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सघं लि (नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरले साधारण सभा तथा नवनिर्मित भवनको द्घाटन गरेका थिए ।

कार्यक्रममा नेफ्स्कूनका उपाध्यक्ष डिवि बस्नेत, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष जिवशराज खड्का, फ्रेण्डसिप साकोस जिरीका अध्यक्ष नर बहादुर जिरेल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए।

अभिलेख

लोकप्रिय