गरिवी निवारणका लागि सहकारी क्षेत्रमा लगानी वृद्धि गर्नु पर्छ : उपप्रधानमन्त्री केसी
बागलुङ । उपप्रधान तथा सहकारी एवं गरिवी निवारणमन्त्री चित्रबहादुर केसीले मुलुकको गरिवी निवारणका लागि देशभरका सहकारीहरुको क्षमता विकास गर्ने पर्नेमा जोड दिएका छन् ।
स्वाधीन मुलुक निर्माणका लागि राज्यले सहकारी क्षेत्रको समग्र विकासका लागि लगानी वृद्धि गर्नु पर्नेमा उनको जोड थियो । बिहानी बहुउद्देश्यीय सहकारी संस्था, धुल्लुबास्कोट बागलुङको साताैं वार्षिक साधारणसभाको उद्घाटन पछि बोल्दै केसीले यस्तो बताएका हुन् ।
देशमा उत्पादन गर्न सकिने आलु प्याज, कागतीमा समेत मुलुक परनिर्भर रहेको भन्दै केसीले देशमा उत्पादन हुने सबै वस्तुको पहिचान, उत्पादन प्रशोधन र बजारीकरणका लागि सहकारी माध्यमलाई प्रभावकारी बनाउनु पर्ने बताए । मुलुक स्वाधीन नभएकैले साना साना विषयदेखि सत्ता परिवर्तनमा समेत विदेशी प्रभाव परेको भन्दै केसीले स्वाधीन मुलुक निर्माणका लागि सबैको ऐक्यवद्धता र सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, महिला अधिकारकर्मी लक्ष्मी बाँस्कोटा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, जिल्ला अध्यक्ष अमर थापा, जिल्ला कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री केसीले संस्थाले सञ्चालन गरेको बिहानी सामुदायिक रेडियो, बिहानी पोलि क्लिनिक र कृषि संकलन केन्द्रको उद्घाटन समेत गर्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
