सहकारीकाे उत्पादन कृषि फ्रेस अब इमाडोलमा, विषादी प्रयोग नभएको १२० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारी पाइने
काठमाडौं । मानवीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ललितपुर कुमारीपाटीले बजारमा ल्याएको विषादी प्रयोग नभएको १२० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारीहरुको नयाँ आउलेट ललितपुरको इमाडोलमा सञ्चालन गरेको छ ।
एक समारोहका बीच बिजी एग्रो मार्टको संस्थाका अध्यक्ष तेजबिक्रम थापाले उदघाटन गरि नयाँ आउटलेट सञ्चालन गरेको हो ।
इमाडोलको कृष्णमन्दिर अगाडी बिजी एग्रो मार्ट को नाउँमा ’कृषि फ्रेस विषादी रहित उत्पादन’ भन्ने ब्राण्डमा उक्त संस्थाले आफैले उत्पादन गरेको १२० प्रकारको प्रशोधित खाद्यान्न (चामल, दाल, गेडागुडी, मसला, पिठो), ६० प्रकारको तरकारीहरु तथा साग, तोरीको तेल र दूध बिक्रि गर्न सुरू गरेको हो ।
बिषादीयुक्त तरकारी तथा खाद्यान्नको बजार फैलिरहँदा उक्त संस्थाले बिषादी प्रयोग नभएको तरकारी तथा खाद्यान्न उत्पादन गर्दे आएको छ । ललितपुरको टिकाथलीमा दुई सय रोपनी जग्गामा आफै विषादी प्रयोग नगरि यस्ता खाद्य पदार्थ उत्पादन गर्दै आएको र इमाडोलमा नयाँ आउलेट सुरु गरिएको बिजी एग्रो मार्टका सञ्चालक पवन श्रेष्ठले जानकारी दिए ।
उपभोक्ताले उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले विषादीमुक्त खाद्यान्न र तरकारीहरुको बजारमा बिस्तारका लागि नयाँ आउलेट खोलिएको सञ्चालक श्रेष्ठको भनाई छ । उपभोक्ताले विषादीयुक्त तरकारी र खाद्यान्न खरिदका लागि थप आर्थिक व्ययभार व्यहोर्नुपर्दैन् बजारमा भएको मूल्यमै बिषादी रहित पदार्थ उपलब्ध गराएका छौं,’ उनले भने, उत्पादित खाद्य, तरकारी, तेल र दूधको ल्यावमा परीक्षण गरेर मात्र बजारमा आउने गरेको छ ।
कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा हिमाली, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका खाद्यान्न संकलन गरेर बिराटनगरस्थित शाखा कार्यालयमा प्रयोगशालाको सहयोगमा परीक्षण गरेपछि थप परीक्षण तथा प्याकिङका लागि काठमाडौं भित्र्याइएको र करिब आठ करोडको लगानीमा संस्थाले यस्ता उत्पादन, प्याकेजिङ र बिक्रि गर्ने व्यवस्था मिलाइएको कृषि विकास बहुउद्येश्य सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापाले जानकारी दिए । यस्ता कामका लागि तीन सय जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको संस्थाले जनाएको छ । गत बर्ष मात्रै उक्त संस्थाले एक करोड ९५ लाख ८६ हजार मूल्यबराबरको ५ लाख ५१ हजार किलो तरकारी उत्पादन गरेर बिक्रि गरेको थियो । संस्थाले कम्तिमा ३६ करोड मूल्यबराबरको खाद्यान्न बिक्रि गर्ने लक्ष्य राखेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
